नेपालका पाँच जिल्ला संक्रमणमुक्त, चार जिल्लामा हजार बढी कोरोना संक्रमित | Khabarhub Khabarhub

नेपालका पाँच जिल्ला संक्रमणमुक्त, चार जिल्लामा हजार बढी कोरोना संक्रमित


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका पाँच जिल्ला कोरोना संक्रमणमुक्त भएको जानकारी दिएको छ ।

मंगलबारको तथ्यांक अनुसार सोलुखुम्बु, मुस्ताङ, हुम्ला, होल्पा र मुगु गरी पाँच जिल्लाका सबै संक्रमित निको भएर घर फर्किएका छन् । ती जिल्लामा संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जानकारी दिएको हो।

अन्य चार जिल्लामा भने एक हजारभन्दा बढी सक्रिय संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौं, सर्लाही, रौतहट र पर्सामा एक हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

त्यस्तै आठ वटा जिल्लामा भने ५०० भन्दा बढी सक्रिय संक्रमित छन्। ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी संक्रमित छन्। त्यस्तै बारा, धनुषा, महोत्तरी, मोरङ र सुनसरीमा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ६ : ४९ बजे

धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र स्थापना

सुनसरी– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोशी प्रदेशस्तरीय

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं– भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको

संसद्को संयुक्त बैठकलाई जेठ १ गते राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौँडा– बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, चार हजारको मृत्यु

काठमाडौं – विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा