वीरगञ्जमा थप २ कोरोना संक्रमितको मृत्यु « Khabarhub

वीरगञ्जमा थप २ कोरोना संक्रमितको मृत्यु

१० दिनमा वीरगञ्जमा मात्र कोरोनाले ११ जनाको मृत्यु


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्साको विरगञ्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

एक महिलाको शुक्रबार राति मृत्यु भए पनि शनिबार मात्र अस्पतालले जानकारी दिएको हो भने अर्की एक महिलाको शनिबार साँझ मृत्यु भएको हो।

वीरगञ्ज-१६ नगवा बस्ने ६० वर्षीया महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

डा. मदन उपाध्यायले खबरहसँग भने, ‘बयोधा अस्पतालबाट नारायणी कोरोना विशेष अस्पतालमा लैजाने क्रममा शनिबार साँझ थप एक जना महिलाको मृत्यु भयो । उहाँको हिजो कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा आज मात्र रिपोर्ट पोजेटिभ आएको हो ।’

यसअघि हिजो मृत्यु भएकी ५० वर्षीय महिलाको पनि मृत्यु पछि मात्रै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

नारायणी बयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरेका हुन ।

“हिजो बिहान १० बजेर १२ मिनेट जाँदा बयोधा अस्पतालमा उपचारको क्रममा वीरगंजकी एक महिलाको मृत्यु भएको हो,” डा सिंहले खबरहबसँग भने, “उहाँको मृत्युपछि कोरोना पुष्टि भयो । हिजो राति नै कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो ।”

यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

यी दुबै जनाको मृत्यु कोरोनाका कारण भएको अस्पतालले पुष्टि गरे पनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।

स्वास्थ्य मन्त्रालयले तथ्यांक अनुसार शनिबारसम्म कोरोनाका कराण ५६ जनाको मृत्यु भएको छ ।

यो पनि पढौं

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु 

 

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १० : ०८ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा