रोकिएन भारतीय सीमानाबाट भित्रिने क्रम | Khabarhub Khabarhub

रोकिएन भारतीय सीमानाबाट भित्रिने क्रम


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको त्रिनगर भन्सार सीमानाका भइ भित्रिने नेपालीको उद्धार गर्ने काम अहिले पनि जारी छ ।

कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न शहरबाट नेपाली नागरिक स्वदेश भित्रिने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनले भन्सार नाकाबाट हालसम्म जम्मा एक लाख बढी नेपाली स्वदेश भित्रिएको बताए ।

“बन्दाबन्दीको शुरुका समयमा सीमानाका हुँदै भित्रिने नेपालीको सङ्ख्या धेरै हुने गरेको भए पनि अहिले भने भित्रिनेको सङ्ख्या घट्दो क्रममा छ”, उनले भने, “आजभोलि दिनमा एक सयदेखि दुई/तीन सयको हाराहारीमा नेपाली भित्रिरहेका छन् ।”

शुरुका दिनमा सोही नाकाबाट एकै दिनमा छ हजारसम्म नेपाली भित्रिएको तथ्यांक छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालयले बाहिरका जिल्लामा आवतजावत गर्न आकस्मिक अवस्थाबाहेकका अन्य सवारी पास उपलब्ध नगराउने भएको छ ।

आफैँ काजकिरिया बस्न जाने वा किरिया सकेर घर फर्कने, सरकारी अस्पतालबाट सिफारिस गरिएका सिकिस्त बिरामी, सरुवा भई रमाना लिइ हाजिर हुन जाने कर्मचारी र निजका परिवार र हवाई टिकट सुरक्षित भई टिकट सूचीमा नाम भएका विदेश जानुपर्नेबाहेकका अन्य सवारी पास स्थगन गरिएको कार्यालयका सूचना अधिकारी जोशीले बताए।

अन्तर जिल्ला आवागमनका लागि जारी गरिँदै आएका सवारी पास हाल लकडाउन खुलिसकेको र सार्वजनिक यातायातको सन्दर्भमा जारी नगर्न गृह मन्त्रालयबाट निर्देशन भएबमोजिम अन्य सवारी पास उपलब्ध नगराइने सूचना अधिकारी जोशीले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ६ : ४२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम