अमेरिकामा ट्वीटर ह्याक प्रकरण : तीन जनाविरूद्ध मुद्दा दायर | Khabarhub Khabarhub

अमेरिकामा ट्वीटर ह्याक प्रकरण : तीन जनाविरूद्ध मुद्दा दायर


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकामा १५ दिनअघि भएको ट्वीटर ह्याक प्रकरणको आरोपमा तीन जनालाई मुद्दा दायर गरिएको छ ।

एउटा ठूलो सङ्गठित साइबर हमलालाबाट पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायतका ट्वीटर एकाउन्ट जुलाई १५ मा ह्याक गरिएको थियो ।

उक्त प्रकरणको अभियोगमा मुद्दा दर्ता गराइएकोमा बेलायतको तटीय क्षेत्र बोग्नर रिजेसका १९ वर्षका म्यासन शिपार्ड छन् । सोही घटनामा संलग्न भएको आरोपमा ओरलाण्डोका २२ वर्षीया ताम्पा र निमा फाजेलीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

अमेरिकाको न्याय विभागले जस्तोसुकै नियत राखेर गरिएको भए पनि सामाजिक सञ्जाल ह्याक गर्नेलाई कडा कारबाही गरिने जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ७ : ०९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम