जस्तोसुकै परिस्थिति आएपनि नेतृत्व नछाड्न ओलीलाई सुझाब | Khabarhub Khabarhub

जस्तोसुकै परिस्थिति आएपनि नेतृत्व नछाड्न ओलीलाई सुझाब


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि बोलाएका मन्त्रीले कमिकमजोरी सच्याएर अघि बढ्न सुझाएका छन् ।

प्रधानमन्त्री ओलीले आज आफू निकटका मन्त्री तथा नेताहरुसँग परामर्श गरेका थिए ।

पार्टी भित्र घेराबन्दीमा परेका प्रधामन्त्री केपी शर्मा ओलीले अबको रणनीतिबारे पार्टी भित्र आफ्नो पक्षका नेता तथा केही मन्त्रीसँग बुधबार बिहान परामर्श गरेका हुन् ।

त्यस क्रममा ओलीलाई उनी पक्षका मन्त्री तथा नेताहरुले अलि फराकिलो भएर सबै पक्षसँग छलफल गरी आन्तरिक समस्या समाधान गर्न सुझाव दिएको बैठकमा सहभागी नेता सुवासचन्द्र नेम्बाङले बताए ।

नेता तथा मन्त्रीहरुले ओलीलाई अहिले देखिएको पार्टी भित्रको समस्या समाधानका लागि आवश्यक परेका बेला आफूहरु त्याग गर्न तयार रहेको पनि बताएका छन् ।

मन्त्री योगेश भट्टराईले छलफलमा सहभागी भएका सबै नेताहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पूरा गरी पार्टीलाई थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक भावनाको विकास गर्न ओलीलाई सुझाव दिएको बताए । उनले अवस्था सकारत्मक दिशामा जाने आश रहेको बताएका छन् ।

को को सहभागी थिए परामर्शमा ?

ओलीले छलफलका लागि प्रचण्ड पक्षका मन्त्रीलाई बोलाएका थिएनन् । ओलीसँगको परामर्शमा मन्त्रीहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषालसहित सहभागी थिए । यस्तै नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल, किरण गुरुङ, शंकर पोखरेलसहित सहभागी थिए ।

स्थायी कमिटि बैठकमा नेताहरुले ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट राजीनामा दिनु पर्ने माग गरेका थिए । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित उनीहरु पक्षधर नेताहरुले ओलीलाई मंगलबारको स्थायी कमिटि बैठकमा प्रश्न गरेका थिए ।

केही दिनअघि ओलीले आफूलाई हटाउन दिल्ली र नेपालको शक्ति लागेको अभिव्यक्ति सार्वजनिक रुपमा दिएका थिए । मंगलबारको बैठकमा प्रचण्डले राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ११ : ५० बजे

तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।