राजपा र समाजवादीद्वारा संविधान संशोधन विधेयक दर्ता  « Khabarhub

राजपा र समाजवादीद्वारा संविधान संशोधन विधेयक दर्ता 


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनता पार्टी राजपा नेपाल र समाजवादी पार्टीले नेपालको संविधान दोस्रो संशोधन विधेयक संघीय संसद् सचिवालयमा दर्ता गराएका छन् ।

राजपाका सांसद लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले संयुक्त रुपमा उक्त संशोधन प्रस्ताव विधेयकको रुपमा दर्ता गराएको राजपाका महासचिव केशव झाले जानकारी दिए ।

मधेश केन्द्रित दुवै पार्टीले गैरसरकारी विधेयकको रुपमा संविधान संशोधन विधेयक दर्ता गराएका हुन् ।

विधेयकमा यसअघि संविधान निर्माणका बखतदेखि नै मधेश केन्द्रित दलहरुले उठाउँदै आएका विषय समेटिएका छन् ।

नागरिकता, भाषा, प्रदेशको सिमाङ्कन हेरफेरका लागि आयोग गठन, राष्ट्रियसभाका लागि निर्वाचन प्रणालीमा संशोधनको प्रस्ताव छ । कतिपय संविधान निर्माणका क्रममा अस्वीकृत भएका मागहरुलाई समेत संशोधनमा समेटिएको छ ।

त्यस्तै सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रभावकारी काम नगरेको भन्दै संविधान संशोधन गरेर संवैधानिक अदालत गठन गर्न माग गरिएको छ । राजदूतलगायत संवैधानिक नियुक्ति समावेशी र समानुपातिक हुनुपर्ने माग पनि थपिएको छ ।

संसद्मा रहेका यी दुवै पार्टीले एक महिनाअघि दुई पार्टी एकताको घोषणा गरेका थिए । कानूनी रुपमा दलको मान्यता पाई नसकेकाले दुई दलका रुपमा विधेयक दर्ता गराएका छन् ।

यसअघि शुक्रबार राजपाले एकल रुपमा संविधान संशोधनको विधेयक संसद्मा दर्ता गराउन खोजेको थियो । सो विधेयक संसद् सचिवालयले अध्ययन गर्ने भनेपछि दर्ता भएको थिएन ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १० : २९ बजे

केन्द्रिय सदस्यको नाम टुंगो लगाउन लोसपाको केन्द्रिय समिति बैठक बस्दै

काठमाडौँ– केन्द्रिय सदस्यको नाम टुंगो लगाउने विषयसहितमा छलफल गर्न महन्थ

प्रधानमन्त्रीसहित गठबन्धनका नेता निजगढ प्रस्थान

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली निमार्णाधिन निगगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका

चरनका लागि धौलागिरि आधार शिविर पुगे भेडाका बथान

गलेश्वर – बर्खाको समय । अनकन्टार भिर र जङ्गलको बाटो

भारतको मणिपुरमा भग्नावशेषमा पुरिएर मृत्यु हुनेको सङख्या १८ पुग्यो

मणिपुर- भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा

कैलालीका बाढीपीडित किसानलाई राहत रकम हस्तान्तरण सुरु

टीकापुर – गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धानखेती