महोत्तरीमा आइसोलेसन कक्षको अभाव | Khabarhub Khabarhub

महोत्तरीमा आइसोलेसन कक्षको अभाव


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरी जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढेसँगै सङ्क्रमितलाई राख्न आइसोलेसन कक्षको अभाव भएको छ ।

जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा कूल ५० सङ्क्रमित राख्ने आइसोलेसन कक्ष स्वीकृत भए पनि सङ्क्रमित थपिएपछि हाल १५ जना मात्र अट्ने कक्ष बनाइएको छ ।

कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २३ र आरडिटीबाट ३७ जना गरी ६० पुगेको छ । पिसिआरका १९ जना र आरडिटी नौ जना गरी २८ बिरामी उपचारका लागि जलेश्वरस्थित जिल्ला अस्पतालमा भर्ना भएका छन् । अन्यको उपचार जनकपुर कोरोना अस्पतालमा भइरहेको छ ।

भवनमा आइसोलेसन कक्ष र भेन्टिलेटरसहितका कक्ष निर्माण कार्य जारी रहेको छ । कोरोना सङ्क्रमण पुष्टि भइसकेकालाई क्वारेन्टाइनस्थलमै राखिँदा त्यहाँ रहेका अन्य व्यक्तिमा समेत सङ्क्रमण फैलिन सक्ने खतरा बढेको छ ।

सङ्क्रमणको त्रास बढेको दुई महिनाभन्दा बढी बितिसक्दा पनि अस्पतालमा आइसोलेसन कक्ष निर्माणमा तदारुकता नदेखाइएका कारण अहिले आएर सङ्क्रमितलाई राख्ने स्थानको अभाव भएको हो ।

कोरोना सङ्क्रमितको सङ्ख्या प्रतिदिन बढ्दै जान थालेपछि जिल्लाको मौजुदा क्षमताले उपचार प्रक्रिया थाम्न नसक्ने देखिएको छ । पिपिई, कीट, भिटिएम, आइसोलेसन शय्या, पिसिआर उपकरण र भेन्टिलेटर सामग्री पर्याप्त छैन नै स्वास्थ्यकर्मीको जनशक्ति पनि अपुग छ ।

जथाभावी खर्च दुरुपयोग बढ्यो

क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढेपछि महोत्तरीका स्थानीय तहहरुले क्वारेन्टाइनका नाममा मापदण्डबिना नै जथाभावी खर्च गरिरहेका छन् । पछि बिलभर्पाइअनुसार भुक्तानी गर्ने गरी खर्च भएकाले दुरुपयोगको सम्भावना बढेको हो ।

क्वारेन्टाइनमा मानिसको सङ्ख्या बढेकाले नगरप्रमुख तथा वडाध्यक्षले पछि बिलभर्पाइ पेश गर्ने नाममा अहिले जथाभावी खर्च गरिरहेका छन् ।

स्थानीय तहले जथाभावी खर्च देखाए पनि बजेट सक्न आधारभूत पूर्वाधारबिनै क्वारेन्टाइन निर्माण गरेको, क्वारेन्टाइनमा चिसो भुइँमा त्रिपालमाथि फम र तन्ना ओच्छ्याएर सुताउने गरिएको, खानाको प्रबन्ध राम्रोसँग नगरिएको पाइएको छ । पङ्खा, झुल, शौचालय र बिजुलीको अभावले समेत व्यवस्थापन भद्रगोल छ ।

क्वारेन्टाइनको खाना गुणस्तरहीन भएको गुनासो धेरै आएपछि क्वारेन्टाइनमा बसेकाले घरका परिवारले ल्याइदिएको खाना खाने गरेका छन् । महामारीका बेला भैपरी आउने कामका लागि खर्च गरिनु स्वाभाविक भए पनि त्यही नाममा रकम दुरुपयोग हुने सम्भावना पनि बढेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ११ : ४८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम