ऋषि कपूरको सम्झनामा अमिताभले लेखे ब्लग | Khabarhub Khabarhub

ऋषि कपूरको सम्झनामा अमिताभले लेखे ब्लग


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अमिताभ बच्चनले हालै ऋषि कपूरको निधनको खबर दिँदै लेखे कि, म टुटेको छु । पछि उनले आफ्नो ट्वीट डिलिट गरे ।

साँझ अमिताभले ऋषिसँगको पहिलो भेट र दुईबीचको सम्बन्धलाई लिएर एक ब्लग लेखेका छन् ।

अमिताभले लेखेका छन्, ‘राज (अभिनेता राज कपूर) साहेबले एक साँझ मलाई बोलाए, त्यतिबेला नै उनले पहिलोपटक ऋषि कपूरलाई देखेको थिएँ ।’

पहिलो भेटमा ऋषि सानो बालक थिए । उनको चालढाल एकदमै बेग्लै थियो । पछि उनी आरके स्टुडियोमा प्रायः देखिन्थे ।

अमिताभले आफ्नो ब्लगमा लेखेका छन् – हामीले कैयन् पिल्ममा एकसाथ काम गर्‍यौं, विश्वास गर्नुस्, जब उनले कुनै कुरा गर्थे, त्यतिबेला उनको कुराबाहेक अरु विकल्प नै हुँदैनथ्यो । उनी एकदमै जिनियन थिए ।

‘उनले जति राम्रो गीतमा लिपसिंक गर्थे, शायद दोस्रो अरु कसैले गरोस् ।,’ अमिताभले लेखेका छन् ।

अमिताभले फिल्मको सेटमा आफूहरुले अरुलाई पनि हँसाउने गरेको लेखेका छन् । अमिताभले सम्झेका छन् – ‘केवल सेटमा मात्र होइन, अरु इभेन्टस्मा पनि हामीले रमाइलो गर्थ्यौं ।’

अमिताभले ऋषि बिरामी भएको बेला कुरा गर्दा कहिल्यै पनि बिरामीसँग लडेको महसुस नगराउने गरेको पनि लेखेका छन् । ‘उनले सधै छिटै भेट्ने बताउँथे यो त रुटिनमा अस्पताल आउने जाने हो, म छिट्टै फर्केर आउँछु,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १२ : ३५ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना