महामहिम राष्ट्रपतिज्यू ! विकसित मुलुकका नेपालीको मात्र चिन्ता नगरी बक्स्योस्ः रामकुमारी झाँक्री | Khabarhub Khabarhub

महामहिम राष्ट्रपतिज्यू ! विकसित मुलुकका नेपालीको मात्र चिन्ता नगरी बक्स्योस्ः रामकुमारी झाँक्री


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सांसद एवम् नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकामा रहेका नेपालीको मात्रै चिन्ता देखाएकोमा आलोचनात्मक टिप्पणी गरेकी छिन् ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि राष्ट्रपति भण्डारीले नेपालमा रहेको अमेरिकी दूतावासमार्फत् त्यहाँ रहेका नेपालीबारे चासो व्यक्त गरेकी थिइन् ।

यही विषयलाई लिएर सांसद झाँक्रीले राष्ट्रपति भण्डारीलाई सामाजिक सञ्जाल ट्विटरमा व्यंग्य गरेकी हुन् ।

‘सिधा कुराः महामहिम ! अमेरिका, क्यानडा, युरोप, अष्ट्रेलिया, जापान,कोरियालगायत विकसित मुलुकका नेपालीको चिन्ता नगरी बक्स्योस,’ उनले ट्विटरमा लेखेकी छन् ‘नेपालका विभिन्न जिल्लामा निर्माणको काम गर्न गएका मजदुरहरू लकडाउनमा अलपत्र परेकाहरू समस्यामा छन् । व्यस्थापनको लागि स्थानीय तहलाई निर्देशन दिने कि ?’

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ५ : ४५ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त