जुत्ता प्रहार भएको भिडियो प्रचण्डको फेसबुकबाट हटाइयो ! « Khabarhub

जुत्ता प्रहार भएको भिडियो प्रचण्डको फेसबुकबाट हटाइयो !


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूमाथि कार्यकर्ताले जुत्ता प्रहार गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सामाजिक सञ्जालमा राखिएको भिडियो हटाइएको छ ।

‘कमरेड प्रचण्ड’ नामक अध्यक्ष प्रचण्डको आधिकारीक फेसबुक पेजबाट आइतवार राष्ट्रिय सभागृहमा नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको स्मृतिमा आयोजना गरिएको कार्यक्रमको लाइभ गरिएको थियो ।

प्रचण्डले गर्ने अधिकांश जसो भाषण उक्त पेजबाट सचिवालयले लाइभ गर्दै आएको छ ।

आइतबारको भाषण पनि पेजबाट लाइभ गरिएको थियो । तर प्रचण्डले भाषण सक्नासाथ कार्यक्रममा सहभागी जुम्ला सिन्जा गाउँपालिका–२ का रतन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।

अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको भिडियो उनकै पेजमा देखिएको र त्यसबाट धेरैले समाचार बनाउने र भिडियो सामाजिक सञ्जालमा राख्ने काम गरेपछि प्रचण्डको फेसबुकबाट उक्त भिडियो हटाइएको हो ।

भिडियो हटाइएको भएपनि कार्यक्रमबारेको जानकारी भने सामाजिक सञ्जालबाट हटाइएको छैन ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ५ : ०६ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा