नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार | Khabarhub Khabarhub

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार भएको छ ।

नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको स्मृतिमा आयोजित सभामा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।

नेकपा अध्यक्ष प्रचण्ड भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोगना गरेको सभामा प्रचण्ड प्रमुख वक्ता (प्रमुख अथिति)को रुपमा सहभागी भएका थिए ।

प्रमुख वक्ताको रुपमा स्मृति सभालाई सम्बोधन गरेर फर्किने क्रममा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । तर, जुत्ता भने प्रचण्डसम्म पुग्न पाएन ।

राष्ट्रिय सभागृहको दर्शक दीर्घामा रोस्टमपट्टीको घेरामा बसेका सहभागीले प्रचण्डमाथि जुत्ता प्रहार गरेका हुन् ।

प्रचण्डमाथि जुत्ता प्रहार गर्नेलाई सुरक्षाकर्मीले कार्यक्रम स्थलबाट बाहिर निकालेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ४ : १७ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को