अन्टार्कटिका बाहेकका सबै महादिपमा कोरोनाको महामारी | Khabarhub Khabarhub

अन्टार्कटिका बाहेकका सबै महादिपमा कोरोनाको महामारी

यसरी विश्वभर फैलदैछ कोरोना



काठमाडौं- कोरोनाभाइरसको प्रकोपका कारण यतिबेला विश्व आक्रान्त छ ।

गत वर्षको अन्त्यमा  चीनको वुहान शहरबाट शुरु भएको कोरोनाभाइरसको प्रकोप यतिबेला अन्टार्कटिका बाहेकका सबै महादेशमा पुगिसकेको छ ।

कोरोनाभाइसरको प्रकोप पूर्वमा न्यूजिल्याण्ड देखि पश्चिममा अमेरिकासम्म देखिएको छ । भाइरसको महामारी सबै भन्दा बढि चीनमा छ ।

चीनमा ८६ हजार भन्दा बढि मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने २९ सय जना भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

चीनबाहिर इरानमा यसको प्रकोप सबैभन्दा खतरनाक छ । जहाँ, हालसम्म करिब ६ सय जनामा संक्रमण देखिएको छ ।

इरानको आधिकारिक तथ्यांक अनुसार ४३ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ ।

६४ मुलुकमा यसको संक्रमण देखा परिसकेको छ । पूर्वमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, फिलिपिन्स, सिंगापुर देखि मध्यपूर्वका इरान, कतार, संयुक्त अरब इमिरेट्स यूएई, ओमनसम्म कोरोनाको संक्रमण फैलिएको छ।

युरोपमा भने इटालीमा यसले सबैभन्दा ठूलो असर पारेको छ । इटालीमा अहिलेसम्म कोरोनाबाट १ हजार भन्दा धेरै संक्रमित भएका छन् भने २९ जनाको ज्यान गएको छ ।

युरोपकै जर्मनी, बेलायत, फ्रान्समा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यसबाहेक अफ्रिकी महादेशका इजिप्ट, अल्जेरिया, नाइजेरियामा पनि कोरोनाभाइरसको संक्रमण फैलिएको छ ।

दक्षिण कोरियामा ३५ सय भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ भने १७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा पहिलो पटक कोरोनाबाट एक ५० बर्षिय पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा कोरोना संक्रमित व्यक्तिको मृत्यु भएपछि वासिङ्टनमा आपतकाल घोषणा गरिएको छ ।

कोरोनाको महामारी फैलिने सम्भावना अझै ब्याप्त रहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिन्ता जाहेर गरेको छ । डब्लूएचओले गत बिहीबार मात्र यसको प्रकोपलाई न्यूनिकरण गर्न विश्वले अझै धेरै गर्न बाँकी रहेको बताएको छ ।

उसले सबै मुलुकहरुलाई कोरोनाभाइरसबाट बच्न उच्च सतर्कता अपनाउन आह्वान समेत गरेको छ ।

के हो कोरोना भाइरस

यति ठूलो स्तरमा त्रास मच्चाइरहेको कोरोनाभाइरस के हो भन्ने मानिसहरुमा कौतुहलता बढेको छ ।

खासमा कोरोनाभाइरस एक किसिमको जिवाणु अर्थात् भाइरसको प्रकार हो । यो भाइरसले मानिसको श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्छ।

कोरोनाको महामारी फैलिएको झण्डै दुई महिनापछि वैज्ञानिकहरुले यसलाई कोभिड–१९ नाम दिएका थिए ।

कोरोनाभाइरसबाट संक्रमित भएपछि त्यसको लक्ष्यण देखिन कम्तिमा पनि १५ दिन लाग्ने चिकित्सकहरुले बताएका छन्।

कोरोना भाइरसबाट संक्रमित भइसकेपछि मानिसहरुमा सास फेर्न समस्या हुने, ज्वरो आउने, खोकी लाग्ने, रिंगटा लाग्ने लगायतका लक्षण देखा पर्छन् । पछि यसबाट निमोनिया भएर संक्रमितको मृत्यु नै हुने गर्छ।

तर संक्रमित भएका सबैको मृत्यु भने नहुने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । चीनले हालै सार्वजनिक गरेको अध्ययन अनुसार कोभिड–१९ का कारण २.३ प्रतिशत संक्रमितको मात्र ज्यान जाने गरेको छ ।

संक्रमितमध्ये ८१ प्रतिशत पूर्ण रुपमा निको हुने गरेका छन् । मानिसको उमेर, लिंग र प्रतिरक्षा प्रणालीको अवस्था आदीले कोरोनाको संक्रमणले कुन हदको असर पार्छ भन्ने तय गर्ने चिकित्सकहरुको दावी छ ।

कसरी फैलियो कोरोना

कोरोना भाइरस कसरी फैलियो भन्ने अझै स्पष्ट भइसकेको छैन । यद्यपि वैज्ञानिकहरु चीनको वुहान शहरमा रहेको एउटा वन्यजन्तु किनमेल गर्ने बजारबाट यो जनावरबाट मानिसमा सरेको आशंका गर्छन् ।

शुरुमा कोरोना भाइरसको संक्रमण देखिएका संक्रमितहरु यही बजारमा नियमित रुपमा आउजाउ गर्ने गरेको चिनियाँ अधिकारीहरुको भनाइ छ । त्यसलगत्तै चीन सरकारले चमेरो, सर्प लगायतको मासु खान तथा किनबेचमै प्रतिबन्ध लगाएको छ ।

यद्यपी यसपटक प्रकोप देखिएको कोरोनाभाइरसको एक मात्र श्रोत भएकोमा भने आशंका छ ।

७५ प्रतिशत कोरोनाभाइरसको प्रकोप वुहानमा देखिएको कोरोनाभाइरसको प्रकोपसँग सम्बन्धित रहे पनि बाँकी २५ प्रतिशत प्रकोपको भने भने वुहान प्रकोपसँग कुनै सम्बन्ध छैन ।

यतिका ठूलो संख्यामा मानिसहरुको ज्यान लिने यो पहिलो र एक मात्र स्वास्थ्य प्रकोप होइन । सन् २०१४ मा पश्चिम अफ्रिामा फैलिएको इबोला भाइरसका कारण ११ हजार भन्दा धेरैको ज्यान गएको थियो ।

त्यस्तै सोही दशक इन्फुएन्जा, सार्स र मर्स भाइरसका कारण धेरै मानिसहरुले ज्यान गुमाइसकेका छन् । कोरोनाभाइरस रोकथाम र उपचारका लागि विभिन्न प्रयासहरु भइरहेका छन् ।

विभिन्न मुलुकका बैज्ञानिकहरु यसको खोप विकास गर्न लागि परेका छन् । उनीहरुको प्रयास चाँडै सफल हुने अपेक्षा पनि गरिएको छ ।

विभिन्न मुलुकहरुले सम्भाव्य संक्रमितलाई डब्लूएचओको मापदण्ड अनुसार १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने, उनीहरुमा प्रतिरक्षा प्रणालीको विकास गर्नका लागि विभिन्न खोपहरु दिने लगायतका माध्यमबाट उपचार गरिरहेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १ : ०१ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा