सचिवालय बैठक अघि प्रचण्डलाई भेट्न खुमलटार पुगे उपाध्यक्ष गौतम | Khabarhub Khabarhub

सचिवालय बैठक अघि प्रचण्डलाई भेट्न खुमलटार पुगे उपाध्यक्ष गौतम


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्डलाई भेट्न उपाध्यक्ष गौतम आइतबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका थिए ।

आज सचिवाल बैठक बोलाइएका कारण अध्यक्ष प्रचण्डसँगको भेटवार्ताकालागि उपाध्यक्ष गौतम खुमलटार पुगका हुन् ।

आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले यसअघिको सचिवालय बैठकले गरेको निर्णलाई पुनर्विचार गर्न आग्रह सक्ने अनुमान गरिएको छ ।

त्यसको प्रतिवाद गर्ने विषयमा दुई नेताबीच छलफल भएको स्रोतको भनाइ छ ।

राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिटमा गौतमलाई पठाउने नेकपा सचिवालयले यसअघिको बैठकबाट निर्णय गरेपनि प्रधानमन्त्री केपी ओलीले त्यसलाई अस्वीकार गर्ने चेतावनी दिएपछि नेकपामा तनाव देखिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ११ : २७ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले