भारतमा बजेट भाषण– नेपाललाई दिइने अनुदानमा कटौती | Khabarhub Khabarhub

भारतमा बजेट भाषण– नेपाललाई दिइने अनुदानमा कटौती


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारत– भारतले चालू आर्थिक वर्षका लागि नेपाललाई दिने अनुदानमा कटौती गरेको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणद्वारा शनिबार संसदमा पेश गरिएको बजेटमा नेपाललाई दिइने अनुदान घटाइ ८ अर्ब भारुमा झारिएको जनाइएको हो ।

यसअघि आफैले ल्याएको बजेटमा नेपाललाई दिइने सहायता बढाएकी सीतामरणले अनुदानमा करिब ४ अर्ब भारूले कटौती गरेकी छिन् ।

गत वर्षका तुलनामा भारतले दिने सहयोगमा ३३ प्रतिशतले कटौती गरिएको हो ।

गत वर्ष २०१९/२० को मध्यावधि बजेटमा नेपालका लागि १२ अर्ब भारुका सहयोग स्वीकृत गरिएको थियो । त्यसअघि गत वर्षको पहिलो पूर्ण बजेटमा १० अर्ब ५० करोड भारु सहयोग दिने प्रस्तावित थियो ।

नेपाललाई दिइने सहयोग घटाइए पनि भुटानलाई दिइने सहयोगमा भने भारतले वृद्धि गरेको छ । भुटानलाई २८ अर्ब ८४ करोड ६५ लाख भारु सहयोग प्रदान गरिने बजेटमा प्रस्ताव गरिएको छ । यो गत वर्षको भन्दा करिब ८ प्रतिशत बढी हो ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतीय संसदमा आव २०२०/२१ का लागि २६९ खर्ब ८५ अर्ब भारुको बजेट पेश गरेकी छिन् ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ४ : ५२ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई