खतरनाक जीव स्टोन फिस : जसको एक थोपा विषले सखाप पार्छ शहर | Khabarhub Khabarhub

खतरनाक जीव स्टोन फिस : जसको एक थोपा विषले सखाप पार्छ शहर


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जीवजन्तुमाआशक्त हुने मानिसहरु पनि छन । उनिहरु कुकुर बिरालो लगायतका केही जनावरलाई त ओछ्यानसम्मै पनि पुर्‍याउँछन ।

कतिपयले बाघ, भालु, हात्ती, बाँदर जस्ता जनावरलाई घरमा नै पालेका पनि छन । तर कुनै कुनै जीव यति भयानक छन कि जसलाई छुँदा समेत मानिसको मृत्यु हुन सक्छ ।

‘स्टोन फिस’ अर्थात ढुंगा जस्तो देखिने माछो । यो माछोलाई छुनासाथ मानिसको ज्यान जान सक्छ । त्यसैले समुन्द्रको धेरै नजिक नजान विशेषज्ञहरुले चेतावनी दिएका छन ।

यो विषालु माछो समुन्द्रको मकर रेखा आसपासमा हुने गर्दछ । यो माछोको बनावट ढुङ्गाको जस्तै छ ।  मानिसहरु ढुंगा भन्ठान्छन र त्यसको आडभरोसा लिन खोज्दा त्यही माछाको शिकार बन्छन् ।

यदि यो माछाको माथि टेक्यो भने पनि त्यसले आफूमाथिको तौलको मात्रामा न्युरोटोक्सिन विष निकाल्छ ।

माछाले कसैलाई टोक्यो भने तत्कालै त्यो अंग काटेर फाल्नुपर्छ । अन्यथा मानिस बाँच्न सक्दैन । यो माछोलाई छोएको ५ सेकेन्डमै यसले विष छोड्न थाल्छ । यो माछो यति खतरनाक हुन्छ कि एक थोपा विषले मात्र पनि पूरा शहर नष्ट गरिदिन्छ ।

एक थोपा विष कुनै पनि शहरमा भएको पानीमा घोलेको खण्डमा त्यस शहरका मानिसहरुको जीवन सकिने विभिन्न अध्ययनहरुको हवला दिदै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन ।

 

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ९ : ०४ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्