डडेल्धुराबाट मन्त्री बाँस्कोटाले गरे भ्रमण वर्षको शुभारम्भ | Khabarhub Khabarhub

डडेल्धुराबाट मन्त्री बाँस्कोटाले गरे भ्रमण वर्षको शुभारम्भ


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले डडेल्धुराबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ गरेका छन् ।

अमरगढी नगरपालिकाले भ्रमण वर्ष २०२० लाई लक्षित गरी सञ्चालन गरेको ‘घुम्न जाऔं अमरगढी’ अभियानको उनले शुभारम्भ गरेका हुन्र्नु ।

उक्त अभियानको सुभारम्भ गर्दै मन्त्री बाँस्कोटाले सुदूरपश्चिम पर्यटकीय क्षेत्रमा निकै धनीभएकाले यहाँका पर्यटकीय स्थलको प्रचारप्रसार गर्न सके सुदूरको विकास गर्न कुनै समय नलाग्ने बताए ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले भने, “सुदूरमा विकास भएन भनेर चिन्तित नबन्नोस्, पर्यटकीयस्थलको मात्रै प्रचारप्रसार गर्न सके विकास आफै हुनेछ ।”

मन्त्री बाँस्कोटाले डोटीको खप्तड, बडिकेदार, शैलेश्वरी, अछामको बैद्यनाथ, बाजुराको बडिमालिका, दार्चुलाको मालिकार्जुन, डडेल्धुराको उग्रतारा, घटालथान, कञ्चनपुरको शुल्काफाँटा निकुञ्ज, कैलालीको घोडाघोडी, बझाङको साइपाललगायतका ठाउँको प्रचारप्रसार गर्नसके सुदूरपश्चिम आफैमा धनी हुनेसमेत बताए ।

भ्रमण वर्ष २०२० को सुभारम्भ गर्नका लागि डडेल्धुरा पुगेका मन्त्री बाँस्कोटाले आजै त्यहाँका प्रशिद्ध धार्मिकस्थल उग्रतारा मन्दिर, घटालथान बाबा मन्दिरकोसमेत दर्शन गरेका थिए ।

अमरगढी भ्रमणका क्रममा मन्त्री बाँस्कोटाले अमरगढी किल्लालाई देश विदेशमा चिनाउन नगरपालिकाले विशेष पहल गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ७ : ०० बजे

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा