भ्रमण वर्ष : विमानस्थलमा माला लगाएर स्वागतदेखि पर्यटकलाई १ रुपैयाँमा खानासम्म | Khabarhub Khabarhub

भ्रमण वर्ष : विमानस्थलमा माला लगाएर स्वागतदेखि पर्यटकलाई १ रुपैयाँमा खानासम्म


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० आज बिहानको झुल्के घामसँगै उद्घाटन गरिएको छ । संघीय सरकारले भने साँझ एक कार्यक्रमकाबीच कार्यक्रमको उद्घाटन गर्ने तयारी गरेको छ ।

यसअघि देशका विभिन्न स्थानमा विहानीको झुल्के घामसँगै पर्यटकको स्वागत गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भ्रमणका आएका पर्यटकलाई स्वागत गरिएको छ भने भक्तपुरमा नेपाल भ्रमण वर्ष को अवसरमा शुभारम्भ कार्यक्रममा माक प्याखः नाच नाच्दै पर्यटकको स्वागत गरिएको छ ।

सन् २०२० जनवरी १ बिहान ५ बजेदेखि नै नगरकोटको बतासे डाँडामा आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्यो । अध्याँरो मै बत्तीको उज्यालोमा नेपाल भ्रमण वर्षको भव्य स्वागत शुरु भयो ।

नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ शुरु भएको नेपाल भ्रमण वर्षलाई सफल पार्न जिल्ला समन्वय समिति भक्तपुर र नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजनामा भएको भ्रमण वर्षको उद्घाटन कार्यक्रममा झिसमिसेमै नगरकोटको बतासे डाँडा भरिएको थियो ।

झापाको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को आज बिहान उद्घाटन गरिएको थियो ।

नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो पाहुना भारतीय नागरिक प्रिंयका मल्लिक, पिंकी मजुमदार, मामुनी मल्लिक, श्वेता खड्कालगायतलाई टाकाटोपी र रुद्राक्षको माला लगाएर कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सांसद राम कार्की, प्रवेश सभा सदस्यद्वय श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकी, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यलगायतले सम्मान गरेका थिए ।

पर्यटकीयस्थल पोखराको लेकसाइड बाह्य र आन्तरिक पर्यकटले भरिभराउ रहेको छ ।

एक रुपैयाँमा पर्यटकलाई बास

नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक रुपैयाँमा पर्यटकलाई बास बसाएका हुन् ।

सन् २०१९ को अन्तिम दिन मङ्गलबार होटल ‘बुक’ गर्न पुगेका पहिलो (सेवाग्राही) पर्यटकलाई एक रुपैयाँमा बास बसाउनुका साथै सोही रकममा दुई छाक खानाको व्यवस्था गरिएको हो ।

विदेशी पर्यटकले आफ्नो देशमा फर्किएपछि नेपाल भ्रमण वर्ष सन् २०२० को राम्रो प्रचार गरुन् भनेर यस्तो कार्यक्रम ल्याइएको होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौडेलले बताए ।

उनका अनुसार पहिलोपटक इलाम बजारमा जापानी पर्यटक युकिड मितामुरा एक रुपैयाँमा बास बसेका छन् । चियाबारी कटेजले मितामुरालाई एक रुपैयाँमा नै बास बसाउनुका साथै बेलुका र आज बिहानको खाना खुवाएको छ ।

तनहँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा आउने भक्तजनलाई नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज स्वागत गरिएको छ । देवघाट क्षेत्र विकास समितिले देवघाटधाम भ्रमणका लागि देशका विभिन्न ठाउँबाट आएका भक्तजनलाई स्वागत गरेको हो । समितिका अध्यक्ष शिवराज पौडेलले करीब ६०/७० भक्तजनलाई स्वागत गरिएको जानकारी दिए ।

नेपाल भ्रमण आएका भारतीय अतिथिलाई महोत्तरी प्रवेशको नेपाल–भारत सीमा क्षेत्रमै स्वागत गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० प्रारम्भ भएको अवसरमा आज नयाँ वर्ष शुरु भएकै दिन महोत्तरीको भारतीय सीमावर्ती नाका मटिहानी र भिठ्ठामोरमै भारतीय अतिथिलाई स्वागत गरिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यले जिल्लाको मटिहानी र भिठ्ठामोरस्थित दशगजा (नेपाल–भारत सीमाक्षेत्र) मै पुगेर सयपत्री फूलको माला र खादा लगाउँदै भारतीय अतिथिको स्वागत गरेका हुन् । नेपालमै नयाँ वर्ष मनाउने गरी आएका भारतीय पाहुना सीमामै पाएको न्यानो स्वागतले दङ्ग परेका छन् ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ५ : १२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम