चोरीका गरगहनासहित भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

चोरीका गरगहनासहित भारतीय नागरिक पक्राउ


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- चोरीका गरगहनासहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । ठूलो परिमाणको सुनचाँदीका गरगहनासहित प्रहरीले भारतको सिलिगुडीका ४३ वर्षीय रघुवरप्रसाद साहलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार कमल गाउँपालिका–६ घर भई हाल बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्दै आएकी ललिता सापकोटा, गीता पौडेल र मधु गुप्ताको घरबाट बुधबार गरगहना चोरी भएको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले सिसी क्यामेराको सहयोगमा साहलाई बिर्तामोड–५ बाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका साहले प्रयोग गरेको भारतीय नम्बरप्लेटको गाडी जाँच गर्ने क्रममा लाखौँ मूल्य बराबरको सुन र चाँदीका गरगहना, ३८ हजार नेपाली र १३ हजार भारतीय रुपैयाँसमेत बरामद गरिएको हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ७ : ०७ बजे

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्