धादिङमा जीप दुर्घटना हुँदा २३ जना घाइते | Khabarhub Khabarhub

धादिङमा जीप दुर्घटना हुँदा २३ जना घाइते


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेखु– धादिङको गजुरी गाउँपालिका–२ मलेखु–भण्डारा सडक खण्डको तुनी खोलामा बोलेरो जीप पल्टिँदा २३ जना यात्रु घाइते भएका छन् ।

बिहीबार बिहान ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग १ ज ३०११ नम्बरको जीप सडकबाट करिब २५ मिटर तल खसेको जनाइएको छ । जिपमा ३० जना सवार रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले घाइतेहरुको उद्दार गरी राजमार्ग सामुदायिक अस्पताल, मलेखु र गजुरी अस्पतालमा उपचारका लागि लगिएको जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १२ : ५१ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा