प्रधानमन्त्री ओलीको फेरि मिर्गौला फेर्नुपर्ने | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको फेरि मिर्गौला फेर्नुपर्ने


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पुन प्रत्यारोपण गर्ने तयारी गरिएको छ । मिर्गौलामा थप समस्या देखिएपछि डाइलाइसिस गरिएको छ र यदी त्यसले काम गरेन भने मिर्गौला प्रत्यारोपणको तयारी गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बुधवार विहान धापासीस्थित ग्रान्डी अस्पताल लगिएको थियो ।

अस्पतालमा आईसीयुमा राखेर प्रधानमन्त्री ओलीको उपचार गरिएको थियो ।

ग्रान्डी अस्पतालमा हिजै प्रधानमन्त्रीको मिर्गौलाको डायलाइसिस गरिएको थियो । तर प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह साह र अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित जाँचको लागि अस्पताल आएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

तर, डायलाइसिस गरिएको बिरामीको स्वास्थ्य अवस्था सामान्य नभएको चिकित्सकहरुको भनाइ छ ।

प्रधानमन्त्रीको रगतमा हानिकारक तत्व क्रिएटिनाइन बढी देखिएको अस्पताल श्रोतले खबरहबलाई जानकरी दियो ।

मिर्गौला पुन प्रत्यारोपणको तयारी

प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचारका लागि गएका थिए । त्यहाँ ‘प्लाज्मा फेरासिस’ गरेर प्रधानन्त्री ओली स्वदेश फकिएका थिए ।

शरीरबाट ‘एन्टिबडिज’ हटाउनका लागि प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गरिएको थियो । प्लाज्मा फेरेसिसबाट मिर्गौलालाई फाइदा नपुगे डायलाइसिसमा जानुपर्ने र त्यसबाट पनि नभएर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

सिंगापुरमा गरिएको प्लाज्मा फेरेसिसले राम्रो काम नगरेपछि हिजो प्रधानमन्त्रीको डायलाइसिस गरिएको हो । डायलाइसिसबाट कुनै सुधार नभए प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको उच्च श्रोतले खबरहबलाई जानकारी दियो ।

‘डायलाइसिसले पनि भएन भने प्रधानमन्त्रीको मिर्गौला ट्रान्सप्लान्ट गर्ने तयारी गरिएको छ,’ श्रोतले खबरहबसँग भन्यो,‘मिर्गौला फेर्नका लागि उपयुक्त मानिस पनि तय भइसकेको छ । सम्भव भएसम्म स्वदेशमै ट्रान्सप्लान्ट गर्ने तयारी गरिएको छ ।’

१२ वर्षअघि भारतको अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । बुहारी अन्जना घिमिरे ओलीले त्यसबेला केपी ओलीलाई मिर्गौला दान गरेकी थिइन् ।

मिर्गौला रोग विशेषज्ञ भन्छन्– प्रत्यारोपण नै विकल्प

मिर्गौला रोग विशेषज्ञ प्राडा प्रमोद क्षेत्री दुई चारपटक डायलाइसिस गर्दा पनि मिर्गौलाले राम्रोसँग कम गरेन भने प्रत्यारोपणको विकल्प नभएको बताउँछन् ।

‘दुई/चार पटक डायलाइसिस गर्दा पनि रिकभर भएन, किड्नीले यथेष्ट काम गरेन, क्रेटिना फालिरह्यो भने प्रत्यारोपण बाहेक अर्को विकल्प छैन’ डा क्षेत्रीले भने,‘प्रत्यारोपण गर्ने पर्ने हुन्छ । तर कुनै कुनै घटनाहरुमा दुई/चार पटक डायलाइसिस गरेपछि किड्नीले काम पनि गर्न सक्छ । त्यसो भयो भने प्रत्यारोपण गर्नुपर्दैन ।’

प्रधानमन्त्रीको हिजो(बुधवार) नै डायलाइसिस गरिएको र १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको हुनाले पुन प्रत्यारोपण नै उपयुक्त विकल्प हुने उनको भनाइ छ ।

प्रधानमन्त्रीको मिर्गौला पुन प्रत्यारोपण गर्नु परेको खण्डमा नेपालका चिकित्सकले त्यसको खतरा मोल्न नसक्ने उनी बताउँछन् ।

‘प्रविधी र प्राविधिक हिसावले विदेशी अस्पताल भन्दा नेपालका अस्पताल कमजोर छन्,’ उनले भने, ‘त्यसकारण यदी प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने पर्ने भयो भने सायद नेपाली चिकित्सकले खतरा मोल्न चाहदैनन् होला ।’

पहिलोपटक डायलाइसिस गरेपछि कमजोर महशुस हुने र आराम गर्नुपर्ने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्

मिर्गौला रोग विशेषज्ञ डा. काफ्ले भन्छन्- मिर्गौला पीडित बिरामीले यी कुरामा ध्यान दिनुपर्छ

डायलाइसिस के हो, किन गरिन्छ ?

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ९ : २४ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित