बेपत्ता ‘क्याफे कफी डे’का संचालक सिद्धार्थ मृत फेला | Khabarhub Khabarhub

बेपत्ता ‘क्याफे कफी डे’का संचालक सिद्धार्थ मृत फेला


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– दक्षिण भारतको मंगलोर शहर नजिकैको खोलामा कफी व्यावसायी भीजी सिद्धार्थको शव फेला परेको छ ।

क्याफे कफी डे नामक कफी कम्पनीका सञ्चालक सोमबारबाट बेपत्ता भएका थिए । तर, उनको शव स्थानीय माझीहरुले मंगलोर शहरनजिकैको खोलामा फेला पारेका हुन् ।

बुधबार उनको अन्त्येष्टी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी बेपत्ता हुनुअघि उनले आफू ठूलो ऋणमा डुबेको भन्दै कम्पनीको शेयरधनीहरुलाई सम्बोधन गरिएको पत्र लेखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले आत्महत्या गरेको हुनसक्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । परिवारले उनको शव पहिचान गरेको बताइएको छ । उनी बेपत्ता हुनेबित्तिकै उनको अनुपस्थितीबारे उनको कम्पनीले आपतकालिन बैठक डाकेको थियो ।

उनको मृत्यु भएलगत्तै भारतीय बजारमा उक्त कम्पनीको शेयर कारोबार ओरालो लागेको छ । उनले स्थापना गरेको उक्त कम्पनी भारतमा सबैभन्दा ठूलो कफी कम्पनीको रुपमा रहेको छ । यसका पसलहरु भारत र नेपालसहित मलेशिया र इजिप्टसम्म फैलिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १० : ३० बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा