कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण | Khabarhub Khabarhub

कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको दमकमा राष्ट्रिय विभूति कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण गरिएको छ ।

दमक–६ र ७ को सङ्गमस्थलमा पर्ने पौड्याल वंशोद्वार केन्द्रीय समितिको निर्माणाधीन भवनतर्फ जाने सडक किनारमा स्थापना गरिएको पौड्यालको अर्धकदको सालिकको आज दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले अनावरण गरेका हुन् ।

दमकमा यसअघि नै महागुरु फाल्गुनन्द, शङ्खधर साख्वा, भानुभक्त, महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतका विभूतिहरुको सालिक स्थापना भइसकेको प्रमुख ओलीले बताए । उनले राष्ट्रिय विभूतिहरुको सम्मानस्वरुप सालिक निर्माण गरिएको जानकारी दिए ।

पौड्याल वंशोद्वार केन्द्रीय समितिका पूर्वअध्यक्षसमेत रहनुभएका दमक नगरपालिका– ७ का वडाध्यक्ष भीम पौडेलको सक्रियतामा रु ६ लाखको लागतमा सालिक निर्माण गरिएको हो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : ५० बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा