आगजनीको आरोपमा एक पक्राउ | Khabarhub Khabarhub

आगजनीको आरोपमा एक पक्राउ


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– रोतहटको चन्द्रपुर नगरपालिका वडा नं ३ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा गैँडाटारका रेवप्रसाद मैनाली रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिए ।

आगजनीबाट करीब रु छ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । आगजनीबाट कार्यालयमा रहेको कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायत सामानका साथै कागजातसमेत नष्ट भएको वडा अध्यक्ष बोधराज देवकोटाले जानकारी दिए ।

गएराति करिब १ बजे वडा कार्यालयमा आगजनी भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : ०५ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले