‘मार्सा लिजेन्ड अवार्ड’ उचाल्दै रोनाल्डोले दिए यस्तो भावूक मन्तव्य | Khabarhub Khabarhub

‘मार्सा लिजेन्ड अवार्ड’ उचाल्दै रोनाल्डोले दिए यस्तो भावूक मन्तव्य


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पोर्चुगिज फरवार्ड क्रिस्टियानो इटालियन क्लब युभेन्टसलाई जसरी पनि च्याम्पियन्स लिगको उपाधि जिताउने ध्याउन्नमा छन् । हालै स्पेनमा ‘मार्सा लिजेन्ड अवार्ड’ ग्रहणपछि रोनाल्डोले केही भनाइ राखेका थिए । जसले उनका फ्यानहरुलाई निकै भावूक बनायो ।

एक वर्षअघि रियल छाडेर युभेन्टस पुगेका उनी स्पेन पुग्दा सबैको केन्द्रमा थिए । उनले अवार्ड ग्रहण गर्ने कार्यक्रममा रोनाल्डो, उनको परिवार, उनका एजेन्टका साथै पूर्वक्लब रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसमेत सहभागी थिए ।

अवार्ड थापेछि रोनाल्डोले आफ्नो मन्तव्य राख्दै रियलमा छँदाका कुरा सम्झिए । उनले रियललाई आफूले सबैभन्दा बढी माया गर्ने पनि बताए । उनले यस्तो भावूक मन्तव्य राखेका थिए –
‘म म्यानचेस्टर युनाइटेड र रियल मड्रिड दुवैलाई माया गर्छु । तर, मेरो जीवनको उत्तारचढाव धेरै मड्रिडमा बिताएँ । मेरा छोराछोरी यही जन्मिए । यसकारण मड्रिड मेरो जीवनमा नजिकबाट जोडिएको छ ।

मैले पहिलेबाटै भन्दै आएको छु– रियल मड्रिड छाड्दा म निकै दुःखी थिएँ । म यहाँका कुरा र साथीभाइलाई ज्यादै धेरै याद गर्छु ।

यो अवार्डले मेरो संग्रहालमा निकै सम्मानजक ठाउँ पाउनेछ । किनभने, मड्रिड मेरा लागि विशेष छ । मैले धेरै सहर भ्रमण गरेको छु । तर, मड्रिड मन पर्ने सीमित सहरमा पर्छ ।

आज मैले पाएको अवार्डले मैले विगतमा यहाँ रहँदा के गरें भन्ने कुरा बोल्छ । यो स्पेनिस अवार्ड हो । र, मेरा लागि ज्यादै महत्त्वपूर्ण छ । सबैलाई धन्यवाद, जसले यो अवार्ड हाँसिल गर्न आ–अफ्नो ठाउँबाट सहयोग गर्नुभयो । मेरा लागि यो गर्वको कुरा हो । चाँडै मड्रिड फर्किनेमा म आशावादी छु ।

सन् २०१६ को युरो कप जित्नु मेरा लागि ज्यादै विशेष थियो । यो सामान्य प्रतियोगिता र उपाधि थिएन । यदि तपाईं आफ्नो देशका लागि केही जित्न चाहन्छौं भने त्यो सजिलो छैन । म गर्वसाथ भन्छु– यो मेरो करिअरकै सबैभन्दा शानदार सफलता हो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ७ : ३० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम