भारतका पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक | Khabarhub Khabarhub

भारतका पटवाल नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी उमेश पटवालले पाउने भएका छन् । पटवाल भारतीय नागरिक हुन् ।

पछिल्लो समय नेपाली राष्ट्रिय टोलीमा ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गर्दै आएका पटवाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्रोतका अनुसार उनलाई आईसीसीले एक वर्षका लागि प्रशिक्षक नियुक्त गर्न लागेको हो । यसअघि राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका थिए । पटवाल नेपाली क्रिकेट टोलीको पछिल्लो सफलताको सारथी पनि हुन् ।

उनी सन् २०१८ मा नेपालले जिम्बाबेमा भएको विश्वकप छनोट खेरिहँदा पनि टोलीमा रहेका थिए ।

नेपालले एकदिवसीय मान्यता पाएसँगै नेपाली टोलीलाई विदेशी प्रशिक्षक आवश्यक रहेको चर्चाकाबीच आईसीसीले पटवाललाई नेपाली टोलीको जिम्मा दिएको हो । उनको नियुक्तिदेखि तलबसम्म आईसीसीले व्यहोर्ने स्रोतले जनाएको छ ।

पटवालले यसअघि अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीको पनि नेतृत्व गरीसकेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  १ : ४९ बजे

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड