कांग्रेसको आग्रहमा २ दिन पछि सर्‍यो प्रमुख निर्वाचन आयुक्तको सुनुवाई | Khabarhub Khabarhub

कांग्रेसको आग्रहमा २ दिन पछि सर्‍यो प्रमुख निर्वाचन आयुक्तको सुनुवाई


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिको आइतबार बोलाइएको बैठक २ दिन पछि सारिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आग्रहमा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाई प्रक्रिया शुरु गर्न बोलाइएको बैठक मंगलबार दिउँसो २ बजे बस्ने गरी सारिएको हो ।

बैठकमा नेपाली कांग्रेसबाट समितिमा प्रतिनिधित्व गर्ने सांसदद्वय भिमसेन दास प्रधान र जितेन्द्र देवले पार्टी सभापति शेरबहादुर देउवासँग आवश्यक परामर्श गर्नुपर्ने भन्दै बैठक केही दिनका लागि पछि सार्न आग्रह गरेका थिए ।

सोही आग्रहलाई ध्यानमा राख्दै बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  २ : १६ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा