विश्व फुटबलको एक दशकः सफल क्लब पीएसजी, गोल र ट्रफीमा रोनाल्डोलाई मेस्सीले उछिने | Khabarhub Khabarhub

विश्व फुटबलको एक दशकः सफल क्लब पीएसजी, गोल र ट्रफीमा रोनाल्डोलाई मेस्सीले उछिने


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अंग्रेजी नयाँ वर्ष बुधबारबाट शुरु हुँदैछ । स्पेनिस पत्रिका मार्काले पछिल्लो एक दशकको विश्व फुटबलको समीक्षा गरेको छ ।

जसमा मार्काले उत्कृष्ट ५ क्लबदेखि विभिन्न लिगमा आफूलाई स्थापित गर्न सफल खेलाडी तथा यो दशकका सबैभन्दा चर्चामा रहेका फुटबलर लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट भन्दै समीक्षा गरेको छ ।

सन् २०१० देखि २०१९ सम्म शीर्ष ५ लिगका सफल क्लबहरुमा पेरिस सेन्ट जर्मन (पीएसजी), बार्सिलोनम, बार्यन म्युनिख र रियल मड्रिड रेहका छन् । उनीहरुले क्रमशः पीएसजीले २३, बार्सिलोनाले, २२, बार्यन म्युनिखले १९ र रियल मड्रिडले १७ उपाधि उचालेका छन् ।

यस्तै, इटालीयन सिरी ए मा थुभेन्टसले आफ्नो सर्बोच्चता कायम गर्न सफल भएको छ भने फ्रान्सेली लिग वानमा पीएसजीले आफूलाई शीर्ष स्थानमा राखेको छ ।

विश्व क्लब फुटबलमा सबैभन्दा बढी चर्चामा रहने इङ्ग्ल्यान्डको इङ्लिस प्रिमियर लिगमा भने यो दशकमा म्यान्चेस्टर सिटीले सबैभन्दा धेरै उपाधि हात पारेको छ ।

सिटीले १२ उपाधि उचाल्दा म्यान्चेस्टर युनाइटेडले १० र लिभरपुलले ४ वटा उपाधि उचालेको छ ।

मार्काले यो एक दशकमा कुन लिगमा कुन खेलाडी स्थापित भए भन्ने पनि सार्वजनिक गरेको छ । उसका अनुसार इङ्ग्ल्यान्डमा आधारित लिगहरुमा बार्यन रुनी, जमिइ भार्दे, सर्जियो अग्युरो, डेभिड सिल्भा र इडन हजार्डले धेरै उपाधि जितेको जनाएको छ ।

यस्तै, ला लिगामा लियोनल मेस्सी , क्रिस्टियानो रोनाल्डो, लुइस स्वारेज, करिम बेञ्जीमा र आन्द्रेस इनियस्टाले धेरै उपाधि हात पारेका छन् ।
पीएसजीको प्रभुत्तो रहेको लिग वानमा जाल्टन इब्रामोभिच, इडिसन काभानी, किलियन एमबाप्पे, मार्को भेराट्टी र थिएगो सिल्भाले धेरै उपाधि जितेका छन् ।

रोनाल्डो भर्सेस मेस्सी

विश्व फुटबलमा अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी र पोर्चुगल तथा युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोको चर्चा निकै भइरहन्छ ।

यी दुई खेलाडीकै वरिपरी यो दशकका विश्व फुटबल घुम्यो । मेस्सी र रोनाल्डो जसको चर्चा यो दशकको शुरु देखि अहिलेसम्म चलिनै रहेको छ । फुटबल इतिहासमा सबैभन्दा क्षमतावान यी दुई खेलाडीको तुलना अहिले नै सकिने सम्भावना पनि छैन् ।

सन् २०१० पछि अहिलेसम्म यो दशकमा मेस्सी र रोनाल्डोका आ–आफ्नै किर्तिमानी बने । क्लबका लागि सयौं गोल यीनीहरुले गरेका छन् भने दर्जनौं गोेलका लागि अवसर सिर्जना गरेका पनि छन् ।

२०१० जनवरी १ देखि आजसम्म मेस्सी र रोनाल्डोले गरि दुवै जनाले १ हजार २८ गोल गरेका छन् । जसमा रोनाल्डोले ४ सय ९१ गोल गर्दा मेस्सीको नाममा ५ सय ३७ गोल रहेको छ ।

रोनाल्डोका लागि यो दशकको सबैभन्दा राम्रो सिजन बर्ष २०१४–१५ हो । जसमा उनले ६१ गोल गरेका थिए । त्यसोत उनले दुई पटक ६० गोलको आँकडा पूरा गरेका छन् ।

यता, मेस्सीले एकै बर्ष ७३ गोलसम्म गरेका छन् । उनले सन् २०११–१२ मा ७३ गोल गरे थिए भने २०१२ मा त मेस्सीले ९१ गोल गरेका थिए ।
गोलमा मात्रै होइन् यी दुई खेलाडीको ट्रफीमा पनि उत्तिकै प्रतिस्पर्धा हुन्छ । रोनाल्डोले यो दशकमा २१ ट्रफी जित्दा मेस्सीले २४ ट्रफी जितेका छन् ।

क्लबलाई दिलाएको सफलतामा पनि रोनाल्डोभन्दा मेस्सी अगाडि छन् । जसमा मेस्सीले बार्सिलोनाका लागि २३ उपाधि जिताएका छन् भने रोनाल्डोले रियल मड्रिड, युभेन्टस र पोर्चुगलका लागि गरेर जम्मा २० उपाधि जिताउन सकेका छन् ।

यता अन्तर्राष्ट्रिय उपाधिमा भने रोनाल्डो मेस्सीमाथि हावी भएका छन् । जसमा उनले च्याम्पियन्स लिग ट्रफी २ पटक, क्लब विश्वकप एक र सुपर कप एक पटक मेस्सीभन्दा धेरै उपाधि जितेका छन् ।

त्यस्तै, मेस्सीले १० स्पेनिस लिगमा १० मध्ये ७ उपाधि जितेका छन् भने । कोपा डेल रे मा १० मा ५ पटक र सुपर कप डे स्पानामा १० मै ५ ट्रफी जीतेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ९ : ०० बजे

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२०

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी

बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन