पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्दै, अझै चिसो बढ्ने अनुमान | Khabarhub Khabarhub

पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्दै, अझै चिसो बढ्ने अनुमान


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल जम्मू–कश्मीर माथि रहेको न्यून चापीय प्रणाली नेपालको पश्चिमी क्षेत्रमा आउने क्रममा रहेको मौसमविद वरुण पौडेलले बताएका छन् ।

मंगलबार बेलुकासम्म सो प्रणाली नेपाल प्रवेश गर्ने र त्यसले गर्दा मौसम बदली हुने उनले बताएका छन् । मंगलबार पश्चिमका उच्च पहाड तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने मौसमविद पौडेलले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणाली बुधबार बेलुकासम्म सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमा समेत मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको उनले बताए ।

सो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली हुने र न्यूनतम तापक्रम अति कम भइ देशभरि चिसो बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार र बिहीबार पश्चिमी क्षेत्रका धेरै ठाउँ र मध्य तथा पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाइएको छ । पश्चिमी न्यून चापीय प्रणाली शुक्रबारसम्म नै सक्रिय रहने छ ।

उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने र पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा हुने तथा तापक्रममा गिरावट हुने सम्भावना रहेकाले हिमपात र चिसोबाट बच्न सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।

तर मंगलबार भने यसको प्रभाव त्यति नपर्ने मौसमविद पौडेलले बताएका छन् । हाल देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार दिनभरजसो पश्चिम र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी क्षेत्रमा मौसम सफा सम्भावना छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । पश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा मंगलबार केहीबेर आंशिक बदली भए पनि दिउँसो मौसम खुल्ने देखिएको छ । तराईका क्षेत्रमा लागेको हुस्सु र कुहिरो दिउँसो केही समय खुल्ने जनाइएको ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम मंगलबार बिहान १.५ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर १७ डिग्रीसम्म पुग्ने सम्भावना छ ।

मौसमको ३ दिने पूर्वानुमान
पुस १५ गते (मंगलबार)

दिउँसो : देशको पश्चिमी तथा मध्य भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक /दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

पुस १६ गते (बुधबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी र पुर्वि पहाडी भु-भागमा हल्का बर्षाको सम्भावना छ। उच्च पहाडि र हिमालि भु-भागमा हल्का देखि मध्यम खालको हिमपात पानि हुने सम्भावना छ।

राति : देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। उच्च पहाडि र हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।

पुस १७ गते (बिहिबार)

दिउँसो : देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना छ। उच्च पहाडि र हिमालि भु-भागमा मध्यम देखि भारी हिमपातको सम्भावना छ।

राति : देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना छ। उच्च पहाडि र हिमालि भु-भागमा मध्यम देखि भारी हिमपातको सम्भावना छ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ७ : ४९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम