भ्रष्टाचार आरोपी निसानका पूर्व प्रमुख ‘भागेर’ लेबनान पुगे | Khabarhub Khabarhub

भ्रष्टाचार आरोपी निसानका पूर्व प्रमुख ‘भागेर’ लेबनान पुगे


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक अनियमितताको अभियोग लागेका निसानका पूर्व प्रमुख कार्लोस गोन्स जापान छोडेर लेबनान पुगेका छन् ।

सञ्चारमाध्यमहरुमा आएका समाचार अनुसार भ्रष्टाचारको अभियोग लागेका कार्लोस लेबनानको बेरुत पुगेका हुन् ।

एक लेबनानी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले कार्लोस बेरुत पुगेको तर उनले कसरी जापान छोडे भन्ने थाहा नभएको उल्लेख गरेको छ ।

आर्थिक अनियमितताको अभियोगमा कार्लोस सन् २०१८ मा पक्राउ परेका थिए र उनीमाथि भ्रष्टाचार तथा अनियमितताका विभिन्न अभियोग छन् । जापानमा आफूमाथि लागेका मुद्दाको सुनुवाइको पर्खाईमा रहेका कार्लोस अप्रत्यासित रुपमा लेबनान पुगेका हुन् ।

उनलाई जमानतमा रिहा गर्न स्पष्ट रुपमा अस्वीकार गरिएको थियो । तर जापान छोडेर उनी लेबनान पुगेको खबर आएसँगै घटनाले गम्भीर मोड लिएको छ ।

उनले आफूमाथि लागेका सबै आरोपहरु अस्वीकार गर्दै आएका छन् र कुनै पनि किसिमको गलत काम नगरेको उनको दाबी छ । लेबनान जानका लागि उनले जापानका अधिकारीहरुसँग सम्झौता गरे या उनी भागेका हुन् भन्ने बारे केही खुलेको छैन ।

व्यवसायी कार्लोससँग फ्रेन्च र लेबनिज पासपोर्ट छ । उनी टर्कीबाट लेबनानका लागि उडेको निजी जेट मार्फत बेरुत पुगेको फ्रान्सेली पत्रिका लेस इकोले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ६ : ५१ बजे

‘अर्थतन्त्र मिश्रित अवस्थामा छ’ : गभर्नर

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र

सहकारी प्रकरणमा धरौटी बुझाएर छुटे दीपेश, सुन तस्करीमा सीआईबीले अनुसन्धान थाल्ने

बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेका नेकपा मा‌ओवादी

टेलिसिरियल ‘ठूल्दिदी’ निर्माण हुने 

काठमाडौं– प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिसिरियल ‘ठूल्दिदी’ निर्माण हुने भएको

अर्थ र उर्जामन्त्रीलाई भेटेर मुख्यमन्त्री कँडेलले राखे कर्णालीका छ बुँदे माग

काठमाडौं‍– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र

राष्ट्र बैंकले टकमरी गर्‍यो ३१ करोड थान सिक्का, नयाँ नोट नौ करोड थान

काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्रा व्यवस्थापन अन्तर्गत ३१ करोड