नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल | Khabarhub Khabarhub

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै मल्ललाई नयाँ कप्तान छनोट गरेको हो ।

ओपनर ब्याट्सम्यान मल्ल यसअघि राष्ट्रिय टिमको उपकप्तान रहेका थिए । क्यानका सचिव अशोकनाथ प्याकुरेलले अर्को निर्णय नहुँदासम्मका लागि मल्ललाई कप्तानको जिम्मेवारी दिएको बताए ।

मल्ललाई कप्तानको जिम्मेवारी दिएको क्यानले दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान तोकेको छ ।

क्यानले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान र उपकप्तानबारे जानकारी गराएको छ ।

एक दशकसम्म नेपाली क्रिकेटको कप्तानी गरेका पारस खड्काले केही समय अगाडि सामाजिक सञ्जालमा स्टाटस लेख्दै पद छाड्ने घोषणा गरेका थिए ।

त्यससम्बन्धमा क्यानले पत्र लेखेर औपचारिक धारणा मागेपछि उनले गत आइतबार इमेलमार्फत कप्तानको जिम्मेवारीमा फर्कन सक्ने सम्भावना न्यून रहेको भन्दै राजीनामा बुझाएका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ३ : २५ बजे

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव