नेपाल एयरलाइन्सको मलेसिया-काठमाडौं उडान रद्द | Khabarhub Khabarhub

नेपाल एयरलाइन्सको मलेसिया-काठमाडौं उडान रद्द


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल एयरलाइन्सको बुधबारका लागि निर्धारित मलेसियाको क्वालालम्पुर-काठमाडौं उडान रद्द भएको छ । थोरै यात्रु भएपछि उडान रद्द गरिएको एयरलाइन्सका अधिकारीहरुले यात्रुलाई जानकारी गराएका छन् ।

मलेसियाको स्थानीय समयअनुसार बिहान ६:१५ बजे उडान तोकिएको थियो । तर यात्रु थोरै भएको भन्दै रद्द भएको अधिकारीहरूले जानकारी दिएको यात्रुहरुले बताएका छन् ।

एयरलाइन्सले १५६ सिटको एयरबस ए३२० जहाजबाट यो रुटमा उडान गरिरहेको छ। आजको उक्त उडानका लागि २९ जना यात्रुको बोर्डिङ पास भएको थियो ।

थोरै यात्रु भएको भन्दै उडान रद्द गरेको एयरलाइन्सले २९ जना यात्रुलाई त्यहाँको होटलमा राखेको छ । यसका लागि एयरलाइन्सले २९ कोठा बुक गरेको छ। काउन्टरका अधिकारीहरूले भोलि बिहान उडान हुने जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  २ : २८ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा