मोबाइलबाटै नियन्त्रण गर्न सकिने इलेक्ट्रिक मोटरमा रतन टाटाले गरे लगानी | Khabarhub Khabarhub

मोबाइलबाटै नियन्त्रण गर्न सकिने इलेक्ट्रिक मोटरमा रतन टाटाले गरे लगानी


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- टाटा सन्सका पूर्व चियरम्यान रतन टाटाले इलेक्ट्रिक मोटरसाइकल निमार्ण कम्पनीमा लगानी गरेका छन् ।  भारतको पुर्णेमा रहेको स्टार्टअप कम्पनी टर्क मोटरमा उनले लगानी गरेका हुन् ।

यद्यपि उक्त कम्पनीमा उनले कति रकम लगानी गरे भन्ने विषयमा भने केही खुलाइएको छैन । टर्क मोटरले आफ्नो पहिलो प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ‘टी-६ एक्स’ सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

टर्क मोटरले सन् २०१६ मा पहिलो पटक उक्त मोटरसाइकलको प्रोटोटाइप सार्वजनिक गरेको थियो । अब भने टाटाले लगानी गरेसँगै कम्पनीले इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले सुरुमा उक्त मोटरसाइकल पुर्णे र बैंगलोरमा बिक्री सुरु गर्ने जनाएको छ । कम्पनीले यसमा लिथियम आयन व्याट्रीको प्रयोग गरेको छ ।

यसको उच्चतम गति १०० किलोमिटर प्रतिघन्टा रहेको छ भने एक पटकको फुल चार्जमा १०० किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ । यसमा रहेका हरेक फिचरलाई मोवाइल फोनबाटै नियन्त्रण गर्न सकिने जनाइएको छ ।

टर्क मोटर टिमले निकै राम्रोसँग काम गरिरहेको र इलेक्ट्रिक सवारीसाधनमा हरेकले पाइला अगाडि बढाएको समयमा नयाँ टिमसँग जोडिन पाउँदा खुसी भएको उनले बताएका छन् ।

त्यस्तै, टर्क मोटरका सीईओ कपिल साल्केले भने, ‘रतन टाटा जस्तो विश्व प्रसिद्ध व्यवसायीक व्यक्तित्वले आएर हाम्रो फ्याट्री भिजिट, उत्पादनको निरिक्षण र मोटरसाइकल चढेर हेरेसँगै लिएको डिसिजनबाट म लगायत हाम्रो टिम निकै उत्साहित छौं ।’

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १० : १९ बजे

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्ध

काठमाडौं– चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत

डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह

अवैध सुनको कारोबार भइरहेको सूचना पाएपछि सक्रिय भएको उपत्यका अपराध

प्राधिकरणले काटेको बिजुली जोड्दै हर्क साम्पाङले भने– पोलको पैसा तिर

सुनसरी- नगरपालिकाले सडक बत्तीको महसुल नबुझाएको भन्दै विद्युत प्राधिकरणले ताकेता

सोलुखुम्बुमा सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार

एकल र साझा अधिकार सूचीमा रहेका कानून सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

हेटौँडा– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन