संसदीय समिति गठन नगरेसम्म संसद चल्न नदिने राजपाको अडान | Khabarhub Khabarhub

संसदीय समिति गठन नगरेसम्म संसद चल्न नदिने राजपाको अडान


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले सरकारले सर्लाही घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन नगरेसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिएको छ ।

राजपा नेपालको मंगलबार काठमाडौंमा बसेको अध्यक्षमण्डलको बैठकले सर्लाहीमा गैर न्यायिक ढंगले प्रहरीको गोलीबाट दुई जना नागरिकको ज्यान गएको घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन गर्नुपर्ने माग पूरा नभएसम्म संसद चल्न नदिने निर्णय गरेको हो ।

बैठकले कैलालीको टिकापुर घटनाको सम्बन्धमा छानविन गर्न गठित गिरिशचन्द्रलाल संयोजकत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न, मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगसम्बन्धि विधेयक फिर्ता लिन पनि सरकारलाई निरन्तर दवाव दिने निर्णय गरेको पनि पार्टीका नेता अनिलकुमार झाले जानकारी दिए ।

बैठकले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई राहत दिन सरकार जिम्मेवार नदेखिएको आरोप समेत लगाएको छ । बैठकमा समाजवादी पार्टी, नेपालसँगको पार्टी एकताका लागि वार्ता प्रक्रिया अघि बढन नसकेको निष्कर्ष निकाल्दै पार्टीको महाधिवेशनमा केन्द्रीत भएर अघि बढने विषयमा पनि नेताहरुबीच छलफल भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : ५७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम