सवारी दुर्घटनाबाट मात्रै काठमाडौंमा वर्षेनी २ सय जनाको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनाबाट मात्रै काठमाडौंमा वर्षेनी २ सय जनाको मृत्यु


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा पछिल्ला समय सवारी दुर्घटना बढ्दै गइरहेको छ । सवारी दुर्घटना बढ्दा सडकयात्रा जोखिमपूर्ण बन्न थालेको छ ।

सार्वजनिक यातायातको तुलनामा निजी सवारी दुर्घटना बढी हुने गरेको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यसमा पनि दुई पांग्रे सवारी बढी दुर्घटनामा पर्ने गरेका छन् ।

जसका कारण सडकयात्रा गर्नुअघि सकुशल गन्तव्यमा पुगिन्छ कि पुगिदैँन भन्ने त्रास उत्पन्न हुने गर्छ ।
सडक दुर्घटनामा ज्यान गुमाउने तथा अङ्गभङ्ग हुनेको संख्या बर्सेनि बढ्दै गइरहेको छ ।

दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहेपनि अपेक्षाकृत प्रभाव देखिन सकेको छैन । सडक दुर्घटनाका कारण उपत्यकाभित्र वार्षिक २ सय जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ ।

बर्सेनि सवारी दुर्घटना बढ्दै

सवारी दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७४/२०७५ मा ६ हजार ३ सय ८१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा १९४ जनाले ज्यान गुमाएका थिए भने २१९ जना गम्भीर घाइते भए । यस्तै, ४ हजार ३ सय ३३ जना साधरण घाइते भएका थिए ।

त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ८ हजार ५ सय ११ सवारी साधन दुर्घटनामा परेका थिए । जसमा २५४ जनाको मृत्यु भएको थियो । ३१७ जना गम्भीर घाइते भएका थिए भने ५ हजार ९ सय जना साधरण घाइते भएका थिए ।

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६० जनाले धेरै हो । अघिल्ला वर्षहरुमा पनि दुर्घटनामा मृत्यु हुनेको संख्या क्रमश बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०६८/६९ सालदेखि आर्थिक वर्ष २०७५/७६ सालसम्मको अवधिमा सडक दुर्घटनामा १ हजार ३ सय ६८ जनाले ज्यान गुमाएका छन् । समग्र तथ्याङ्कलाई हेर्दा १ वर्षमा करिब ७ हजार सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । यस्तै, ३ सय जना गम्भीर घाइते र ४ हजार जना साधरण रुपमा घाइते हुने गरेका छन् ।

धेरै दुर्घटनामा पर्ने सवारी साधन मोटरसाइकल र स्कुटर

सवारी दुर्घटनामा बढिजसो मोटरसाइकल तथा स्कुटर पर्ने गरेका छन् । आर्थिक वर्ष २०७५/२०७६ सालको तथ्याङ्क हेर्दा मोटरसाइकल र स्कुटर दुर्घटनामा १ सय १५ जनाले ज्यान गुमाएका छन् ।

मोटरसाइकल र स्कुटर बाहेकका अन्य सवारी साधान दुर्घटनामा क्रमशः ट्रक १२, पैदलयात्रु ९३, साइकल ५, बस १२, माइक्रो १ र कार १६ गरी २ सय ५४ जनाको मृत्यु भएको छ ।

यसरी दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा १७ देखि ३५ वर्षभित्रका व्यक्तिहरुको संख्या धेरै रहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
दुर्घटनामा संलग्न चालकको उमेर समूह भने २१ देखि ४० वर्षभित्रको धेरै रहेको महाशाखाको तंथ्याकले देखाएको छ ।

महाशाखा के भन्छ ?

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटनाका लागि विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

जनचेतनासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भइरहेपनि बर्सेनि सवारी दुर्घटनामा ज्यान गुमाउने संख्या भने वृद्धि हुँदै गएको छ ।

सवारी दुर्घटना बढ्दै जानुको पछाडि सडकको अवस्था मुख्य कारण रहेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) पदम विष्ट बताउँछन् । ‘उपत्यकाको हकमा भन्नुपर्दा सडक दुर्घटनाको मुख्य कारण भनेकै सडकको दुरावस्था हो’ उनले भने ।

‘सडक दुर्घटना कमी गर्नका लागि महानगरीय ट्राफिक महाशाखा मात्र अघि बढेर हुदैँन’ खबरहबसँगको कुराकानीमा उनले भने ‘सरोकारवाला निकायले पनि तदारुकता देखाउनुपर्छ ।’

विष्टकाअनुसार समयमै सडक मर्मत नहुँदा तथा गुणस्तरीय सडक नबन्दा दिनहुँ दुर्घटना बढिरहेको छ । ‘कतिपय अवस्थामा चालकको लापरवाही पनि हुन्छ’ विष्ट भन्छन्, ‘सडक प्रयोगकर्ता र सवारीसाधनमा देखिने प्राविधिक गड्बढी प्रमुख कारणका रुपमा रहँदै आएका छन् ।’

त्यसैगरी मादक पदार्थ सेवन, तीव्र गति, ओभरटेक, पैदलयात्रुको लापरवाही, मौसम र छाडा चौपयाका कारण पनि सवारी दुर्घटना बढी रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ५ : ०८ बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा