अवैध रकमको कारोबारमा संलग्न गिरोहविरुद्ध अष्ट्रेलियन प्रहरीको रेड, एक नेपालीसहित ५ जना पक्राउ | Khabarhub Khabarhub

अवैध रकमको कारोबारमा संलग्न गिरोहविरुद्ध अष्ट्रेलियन प्रहरीको रेड, एक नेपालीसहित ५ जना पक्राउ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– करिब ७ अर्ब ६१ करोड नेपाली रुपैयाँ बराबरको अवैध रकमको कारोबार अभियोगमा अस्ट्रेलियामा १ नेपाली नागरिक पक्राउ परेका छन् ।

१० करोड अस्ट्रेलियन डल (करिब ७ अर्ब ६१ करोड नेपाली) रुपैयाँ बराबरको अवैध रकम कारोबार प्रकरणमा नेपालीसहित अन्य ४ जना पनि पक्राउ परेका छन् ।

अस्ट्रेलियाको क्रिमिनल ग्रुप्स स्वाडले गरेको रेडकमा क्रममा फरक फरक समयमा ५ जना पक्राउ परेका अस्ट्रेलियाको पत्रिका द सन्डे मर्निङ हेराल्डले जनाएको छ ।

पक्राउ पर्नेमा नेपाली मूलका २९ वर्षीय विपिन थापा, ३० वर्षीय गगनदीप पवा, ३१ वर्षका मनमिन्दर सिंह, ३० वर्षीय मितिन कपिला र ३१ वर्षीया गोपाली दाहाल छन् । थापा, दाहाल र पवा जुलाई ११ (असार २६ गते) पक्राउ परेका हुन् भने कपाली जुलाई २१ (५ साउन)मा र सिंह जुलाई २६ (साउन १०)मा पक्राउ परेका हुन् ।

अस्ट्रेलिया प्रहरीका अनुसार ठूलो हुन्डी कारोबारका मुख्य अभियुक्त गगनदीप हुन् भने ३० वर्षीया दाहाल उनकी घरेलु साझेदार हुन् ।

उनीहरुले साउथ–वेस्ट सिड्नीलाई आधार बनाएर अवैध हुण्डी कारोबार गर्दै आएका प्रहरीको भनाइ छ । गगनदीप सञ्चालक रहेको कम्पनीको नाममा एकै दिन स्रोत नखुलेको ४ लाख ४५ हजार डलर बैंक अफ न्यु साउथ वेल्समा जम्मा भएपछि अधिकारीहरुले उनीहरुमाथि निगरानी बढाएका थिए ।

रेडका क्रममा प्रहरीले उनीहरुको साथबाट नगद ४ लाख डलर, पैसा गन्ने मेसिन तथा ३ वटा सवारी साधनसमेत बरामद गरेको छ । उनीहरुले देखाउनका लागि सेक्युरिटी सम्बन्धी कम्पनी खडा गरेको, तर भित्री रुपमा ठूलो रकमको अवैध कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको तर्फबाट अधिवक्ता इजाज खानले वकालत गरिरहेका छन् । उनले ५ जनाविरुद्ध लगाइएको अभियोगलाई ‘गम्भीर प्रकृतिको’ भनेका छन् । ‘प्रहरीले लगाएको आरोपबारे प्रमाण हेर्ने काम गरिरहेको छु । ती आरोपहरु निकै खराब र गम्भीर खालका छन् । मैले अभियोजन पक्षको मुद्दाबारेमा टिप्पणी गर्नु अगाडि प्रमाणहरु हेर्नु आवश्यक हुन्छ,’ अधिवक्ता खानले द सन्डे मर्निङ हेराल्डसँग भनेका छन् ।

अदालतका कागजातअनुसार पाँचै जनाले कम्तिमा पनि १० करोड अस्ट्रेलियन डलर बराबरको हुण्डी कारोबार गरेका देखिएको छ । यस्तो अवैध कारोबार गगनदीप सञ्चालक रहेको एजसियोर प्रोटेक्सन सर्भिसेसबाट भएको अनुसन्धान अधिकारीहरुले दाबी गरेका छन् ।

सन् २०१६ देखि २०१८ सम्म गगनदीप यस कम्पनीको निर्देशक तथा सचिव थिए । त्यसयता भने दाहाल यस कम्पनीको निर्देशक र सेयर धनी रहँदै आएकी बताइएको छ ।

प्रहरीले गरेको अनुसन्धानअनुसार आपराधिक समूहबाट आएको रकम समेत उनीहरुको खातामा जम्मा हुने गरेको देखिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ५ : १८ बजे

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।