बालुवाटार जग्गा प्रकरणमा जोडिएका पूर्व कर्मचारीको ‘आत्महत्या’बारे छानबिन गर्न कांग्रेसको माग | Khabarhub Khabarhub

बालुवाटार जग्गा प्रकरणमा जोडिएका पूर्व कर्मचारीको ‘आत्महत्या’बारे छानबिन गर्न कांग्रेसको माग


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटरको सरकारी जग्गा अनियमितता प्रकरणमा जोडिएका युक्तप्रसाद श्रेष्ठको मृत्युको घटनाबारे छानबिन गर्न माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको  बैठकमा कांग्रेस सांसद देवेन्द्रराज कँडेलले बालाजुस्थित हिमालयन सिटी सेन्टरको आठौँ तल्लाबाट हाम्फालेर आत्महत्या गरेका भनिएका श्रेष्ठका मृत्यु रहस्यमय रहेको उल्लेख गर्दै गम्भीर ढङ्गबाट छानबिन गर्न गृहमन्त्री र प्रहरी प्रमुखको ध्यानाकर्षण गराए ।

डिल्लीबजार मालपोत कार्यालयमा तत्कालीन नायब सुब्बाको पदबाट राजीनामा दिएर पर्वतमा नेपाली काङ्ग्रेसबाट राजनीति गरिरहेका ५७ वर्षीय श्रेष्ठले गत आइतबार हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

‘आठौँ तल्लाबाट हामफालेर आत्महत्या गरिएका भनिएका श्रेष्ठको खसेको ठाँउमा कुनै रगत नदेखिएको तथा शव परीक्षण प्रतिवेदनले पनि शरीरका कुनै पनि भागमा गम्भीर चोट लागेको नदेखाएको हुँदा हत्या भएको त होइन भन्ने शङ्का उत्पन्न गरेकाले बास्तविकता के हो जान्नका लागि छानबिन होस्,’ कांग्रेस सांसद कँडेलले भने ।

कांग्रेसकै अर्का सांसद दिलेन्द्रप्रसाद बडूले एक साताअघि कञ्चनपुरमा झुण्डिएको अवस्थामा फेला परेका वसन्तबहादुर सिंहको शवले पनि मुलुकको शान्ति सुरक्षालाई चुनौती दिइएको बताए । ‘प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पैसा भुक्तानी गरेर निस्किएका भनिएका सिंहको नजिकको जङ्गलमा बरामद भएको मोटरसाइकलभन्दा निकै टाढा शव झुण्डिएको अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त भएको छ, यस घटनालाई गम्भीरतापूर्वक हेरी थप छानबिन होस्,’ सांसद बडुले भने ।

कांग्रेसकै सांसद डिला सङ्ग्रौलाले कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको एक वर्ष पुगिसक्दासमेत दोषी पत्ता लगाउन नसक्नु दुःखद् विषय भएको जनाउँदै मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा सरकार गम्भीर नभएको आरोप लगाइन् ।

समितिका अर्का सदस्य प्रेम सुवालले वाइडबडी, बालुवाटार जग्गा प्रकरण र अन्य भ्रष्टाचारका घटनामा मुछिएका व्यक्ति सत्तारुढ दलको छहारीमा खुलै चुनौती दिएर हिँड्ने स्थितिको अन्त्य गर्न प्रहरीलाई स्वतन्त्ररुपले काम गर्ने सङ्गठनका रुपमा स्थापित गर्न आवश्यक रहेको बताए ।

नेपाल प्रहरी र प्रदेश सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिमा भइरहेको छलफलमा सत्तापक्षको दबावमा प्रहरीलाई बदनाम गर्ने उद्देश्यले कतिपय घटनाको प्रमाण नष्ट गर्ने काम भएको केही सांसदले आरोप लगाए ।

नेपाल मजदुर किसान पार्टीका सांसद सुवालले भने, ‘अब हामीले प्रहरी ऐनमै प्रमाण नष्ट गर्ने होइन, संरक्षण गर्न बाध्यकारी बनाउने प्रावधान राखिनुपर्छ, अन्यथा भ्रष्टाचार खुलेआम चुनौती दिएर हिँड्ने, निर्दाेष व्यक्तिले आत्महत्या गर्नुपर्ने दिन आउन सक्छ, त्यसलाई अन्त्य गर्नुपर्छ, सत्ताको दबावमा चल्दा प्रहरी बदनामी भएको छ ।’

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ४ : ३४ बजे

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले