यु–१५ साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने | Khabarhub Khabarhub

यु–१५ साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी अगस्टमा आयोजना हुने यू–१५ साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल घरेलु टोली भारतसँग खेल्नेछ ।

साफ च्याम्पियनसिप अगस्ट २१ देखि ३१ सम्म भारतको कल्याणी रंगशालामा आयोजना हुनेछ । यस प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान, श्रीलंका र भारत रहेका छन् । खेल राउण्ड रोविन पद्धतीमा हुनेछ भने शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र भारतबीचको खेल अगस्ट २१ मा कल्याणी रंगशालामा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग अगस्ट २३, तेस्रो खेलमा बंगलादेशसँग अगस्ट २७ र अन्तिम खेलमा भुटानसँग अगस्ट २९ मा खेल्नेछ ।

अघिल्लो वर्ष साफ च्याम्पियनसिप नेपालले आयोजना गरेको थियो भने बंगलादेश विजेता बनेको थियो ।

खेल तालिका हेर्नुहोस्

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ३ : ०७ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको