समाजवादी पार्टी र राजपा नेपाल एकीकरणका लागि घनिभूत छलफलमा | Khabarhub Khabarhub

समाजवादी पार्टी र राजपा नेपाल एकीकरणका लागि घनिभूत छलफलमा


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल एकीकरणका लागि छलफलमा जुटेका छन् ।

दुई पार्टी एकीकरणका लागि सहमत भइसकेका भए पनि कुन मोडालिटीमा हुने भन्ने विषय टुंगाेमा पुग्न नसकेको स्रोतले बताएको छ । दुवै पार्टीको असोज र कात्तिकमा हुने महाधिवेशनभन्दा पहिले एकीकरण टुङ्गो लगाउने गरि दुई दलको बीचमा छलफल शुरु भएको छ ।

एकीकरणका लागि समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालको तर्फबाट सो पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले तीव्रता दिएका हुन् । अध्यक्षमण्डलका सदस्य महतो वार्ताका समितिका संयोजक पनि हुन् । कार्यकारी राष्ट्रपति प्रणालीबाहेक नीतिगत विषयमा दुवै दलमा कुनै कुरामा विमति नरहेको बुझिएको छ।

समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी राष्ट्रपति हुनुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ । राजपा नेपाल भने उक्त प्रणालीको पक्षमा छैन । स्रोतका अनुसार राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई मर्यादाक्रमको पहिलो नम्बरको अध्यक्ष, त्यसपछि बाबुराम भट्टराई, त्यसपछि उपेन्द्र यादव र त्यसपछि वरिष्ठ नेताको रुपमा राजेन्द्र महतोलाई राख्ने विषयमा छलफल भइरहेको छ ।

दुई पार्टीबीच पछिल्लो समय एकीकरणका लागि हरेक बैठकमा २–३ घण्टा लामो छलफल हुने गरेको छ । समाजवादी पार्टीका अध्यक्ष समेत रहेको उपप्रधामन्त्री उपेन्द्र यादवले हालै भनेका थिए, ‘राजपा नेपालका नेताहरुले पनि अब एकता नगरी हुँदैन भनेर महसुश गरिसक्नुभएको छ । त्यसका लागि नेताहरुसँग छलफल चलिरहेको छ ।’

राजपा नेपालका अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारीले समाजवादी पार्टीसँग अनौपचारिक छलफल भइरहेको बताएका छन् ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ७ : ५८ बजे

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्छु : गृहमन्त्री 

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट बचतकर्ताको रकम फिर्ता

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्ध

काठमाडौं– चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत

डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह

अवैध सुनको कारोबार भइरहेको सूचना पाएपछि सक्रिय भएको उपत्यका अपराध