गोरखामा गोरु जोत्दै गरेको अवस्थामा भेटिए डा. भट्टराई | Khabarhub Khabarhub

गोरखामा गोरु जोत्दै गरेको अवस्थामा भेटिए डा. भट्टराई


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज असार १५ गते अर्थात् ‘राष्ट्रिय धान दिवस’ ।

किसानले मानो रोपेर मुरी फलाउने ‘पर्व’का रुपमा लिइने आजको दिनमा सबैले हिलो टेक्नै पर्ने मान्यता पनि । यहि मान्यतालाई आत्मसात गर्नका लागि होला सायद, विभिन्न नेतादेखि उच्च पदस्त व्यक्तिहरु असार १५ का दिन रोपाइँ गर्न खेतमा पुग्ने गर्छन् ।

यसैबीच पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि गृहजिल्ला गोरखामा रोपाइँ दिवस मनाएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमा धान दिवस मनाएको तस्वीर शेयर गरेका छन् । जसमा उनी गोरु जोत्दै गरेको तथा खेतमा खन्दै गरेको देख्न सकिन्छ ।

थप तस्वीरमा हेर्नुहोस् डा. भट्टराईको धान दिवसः


तस्वीरहरु डा‍. भट्टराईको फेसबूकबाट लिइएको हो

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ३ : ११ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम