के हो क्युआर कोड ? यसरी बनाउनुहोस् सजिलै | Khabarhub Khabarhub

के हो क्युआर कोड ? यसरी बनाउनुहोस् सजिलै


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अधिकांश कम्पनीहरुले आफ्ना उत्पादनको बक्स अर्थात बाहिरी खोलमा क्युआर कोड दिएका हुन्छन् । हेर्दा प्रष्ट बुझ्न नसकिने सानो कोडमा थुप्रै जानकारी लुकेको हुन्छ । यही कोडको सहयोगले एप डाउनलोड गर्ने लिंक पनि प्राप्त गर्न सकिन्छ । यसका साथै डिजिटल पेमेन्टका लागि पनि क्युआर कोडको प्रयोग गरिन थालिएको छ ।

यसका लागि प्रयोगकर्ताले यो कोडलाई आफ्नो स्मार्टफोनमार्फत स्क्यान गर्नु पर्ने हुन्छ । यस्तै किसिमले थुप्रै मानिसहरुले आफ्नो व्यक्तिगत विवरणका लागि पनि विकार्डको प्रयोग गर्ने गरेका छन् । जुन विवरण पढ्नका लागि एक क्युआर कोड हुन्छ । यसबाट नाम, नम्बरका साथै उपनाम, ईमेल, कम्पनीको विवरण, फोटो, फ्याक्सका साथै अन्य थुप्रै जानकारी प्राप्त गर्न सकिन्छ ।

यति धेरै जानकारी दिने यस किसिमको कोड बनाउन भने त्यति धेरै कठिन छैन । तपाईंले सहज तरिकाबाट पनि क्युआर कोड बनाउन सक्नु हुनेछ । यसका लागि कयौँ अनलाइन वेबसाइट पनि उपलब्ध छ । प्रयोगकर्ताले गुगलमा गएरमा ‘क्युआर कोड जेनेरेट’ टाइप गरी सर्च गरेमा क्युआर कोड बनाउने कयौँ वेबसाइटहरुको लिंक प्राप्त हुनेछ ।

तपाईंले सिधैँ द-क्युआरकोड-जेनेरेटर डट कम मा गएर पनि क्युआर कोड बनाउन सक्नु हुनेछ । वेबसाइटमा विकार्डको विकल्प पनि रहेको हुन्छ । त्यसमा गएर तपाईंले सबै विवरण पूर्ण रुपमा भर्नु पर्छ । त्यसपछि क्युआर कोड जेनेरेटमा गएर क्लिक गर्नुहोस् । तपाईंले भर्नु भएको विवरण क्युआर कोडको इमेज बनेर आउनेछ । यसलाई डाउनलोड गरेर स्क्यान गर्नु भयो भने तपाईंले दिनु भएको सबै विवरण देखाउने छ । यदि तपाईंको स्मार्टफोनमा क्युआर कोडलाई स्क्यान गर्ने विकल्प छैन भने गुगल प्ले स्टोरमा गई क्युआर कोड स्क्यानर एन इन्स्टल गर्न सक्नु हुनेछ ।

स्मार्टफोन प्रयोगकर्ताले आफ्नो सबै विवरण क्युआर कोडमा सुरक्षित (सेभ) गर्न सक्ने छन् । जसलाई आवश्यकताअनुसार अन्य प्रयोग कर्तालाई पठाउन पनि सक्नेछन् । तपाईंले आफ्नो विवरण पटक-पटक टाइप गरिरहनु पर्ने हुन्छ भने यो नै तपाईंका लागि सबैभन्दा उपयुक्त माध्यम हुनेछ ।

कम्पनीको उत्पादनबारे जानकारी दिने क्युआर कोड कालो र सेतो रङ्गको छिर्केमिर्के चार कोठे आकृति हुन्छ । यसभित्र थुप्रै जानकारी राख्न सकिन्छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  २ : ०५ बजे

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी