महाधिवेशनमा मलाई अध्यक्ष बनाउँदैमा ओलीजी पाँच वर्ष प्रधानमन्त्री भन्ने हुँदैन– प्रचण्ड (अन्तर्वार्ता) | Khabarhub Khabarhub

महाधिवेशनमा मलाई अध्यक्ष बनाउँदैमा ओलीजी पाँच वर्ष प्रधानमन्त्री भन्ने हुँदैन– प्रचण्ड (अन्तर्वार्ता)


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 8 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता गर्दा कपी ओली र आफूबीच सत्तासञ्चालन र पार्टी सञ्चालनका बारेमा सहमति भएको बताएका छन् । त्यस अनुसार आफूले सरकार वा पार्टीको नेतृत्व पाउनुपर्ने प्रचण्डको भनाइ छ ।

पत्रकार ऋषि धमलाले ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रमलाई लिएको अन्तर्वार्तामा प्रचण्डले पार्टी एकता हुँदा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादीबीच पार्टी एकता गर्दा सहमति भएको र सहमतिबाटै पार्टीमा निर्णय गरेर जानुपर्ने बताए । प्रचण्डले भने,‘सहमतिमा सरकारको नेतृत्व पनि आलोपालो गर्ने नै भन्ने छ ।’

आफू र अर्का अध्यक्ष ओलीबीच कुराकानी हुँदा सहमति अनुसार नै जाने भन्ने भएको बताउँदै प्रचण्डले भने,‘केपी ओलीजी र मेरो कुरा हुँदा सहमति अनुसार नै जाने भन्ने छ त्यसैले म त्यसमा आशंका गर्न चाहन्न ।’

प्रचण्डले जनताको समृद्धि र सुशासनको अपेक्षामा सरकार खरो उत्रिएको खण्डमा केपी ओलीले पाँच वर्ष सरकार चलाउँदा आफूलाई केही आपत्ति नभएपनि पार्टी नेतृत्वको जिम्मेवारी आफूले पाउनुपर्ने बताएका छन् । उनले आफूलाई प्रधानमन्त्री नभइ नहुने भन्ने कुरा नभएको तर दुई मध्ये एक जिम्मेवारी पाउनुपर्ने बताए ।

‘मलाई प्रधानमन्त्री लिन हतारो छैन । देशमा विकास र सुशासनले गति लियो र जनतामा सन्तुष्टि आयो भने मैले पार्टीलाई मुख्यरुपमा हेर्ने र अर्को अध्यक्षले सरकार हेर्ने गरि काम मिलायो भने मलाई सहज हुन्छ । मलाई प्रधानमन्त्री नभइ नहुने होइन’ प्रचण्डले भने ।

मैले प्रधानमन्त्री र राष्ट्रपति होउला भनेर सोचेकै थिइन । एउटा गरीब किसानको छोरो, हलो जोतर पढेको हो मैले

यस्तो छ पत्रकार ऋषि धमला र प्रचण्डबीचको अन्तर्वार्ता –

ऋषि धमला– …….परिवर्तनको कुरा गर्दा जनअपेक्षा अनुसार काम किन हुन सकेन ?

प्रचण्ड ……एउटै सरकार पाँच वर्ष नचल्ने विडम्बना जनताले भोग्नु परेको थियो त्यसलाई हटाउन हामीहरुले चुनाव अघि गठवन्धन गरेको थियौं । त्यसबाट उत्साहित भएर जनताले मत दिए । बहुमत दिए र अर्को एक दल जोड्दा हामी दुई तिहाइमा छौं । जनातको तर्फबाट गर्नुपर्ने भसोसा दिए अब चुनौती हाम्रो छ । जनताले गरेको भरोसा अनुसार सुशासन, र समृद्धि दिन जरुरी छ । यो कम्युनिस्ट पार्टीको र सरकारको सफता नाप्ने व्यारोमिटर हो । समृद्धि र सुशासन दिन सकिएन भने अहिले जनाताले हिसाब गरिरहेका छन्, पाँच वर्षपछि यसैलाई हेर्छन् ।

ऋषि धमला – एउटा राजा त हटाइयो, अहिले धेरै राजा आए भन्ने छ जनताको ?

प्रचण्ड– एउटा राजा गयो धेरै राजा आयो भन्ने भनाइ सही छैन । यहाँ कोही राजा छैन । यहाँ जनताले चाहेको बेलामा जनताले फाल्न सक्छन् । कसैले सयौं वर्ष कसैलाई फाल्नका लागि कुर्न आवश्यक छैन । सबै जनताका छोराछोरी छन् । राम्रो गर्न सके विरंगनाको रुपमा हुन्छन् तर गर्न नसके पाँच वर्षपछि फालिन्छन् ।

पार्टी एकता गर्दा पक्कैपनि हाम्रो बीचमा समझदारी भएको छ । सहमतिबाटै पार्टीमा निर्णय गरेर जानुपर्छ र सरकारको नेतृत्व पनि आलोपालोनै गर्ने नै भन्ने छ

ऋषिसम्पन्न नेपाल बनाउन लागि परिरहेका छन् । सहिद बेपत्ता परिवारले हेरिरहेका छन् ? किन उनीहरुको कन्तविजोग छ ?

प्रचण्ड….संक्मणकालको अवशेष अझै बाँकी छ । सत्यनिरुपण र वेपत्ता आयोगको काम नटुंगिएसम्म वेपत्ताले पाउने राहत र सुविधा टुंगिन समस्या छ । एकातिर सुशासन र विकासले जति गति लिनुपर्ने हो त्यति लिएन भन्ने चिन्ता छ । अर्को तिर हिजोका घाइते हराएकाहरुको सम्बोधन भएन भन्ने चिन्ता छ । त्यसमा हामी लागिरहेका छौं त्यसको सम्बोधन हुन्छ ।

ऋषि– कहिले सम्बोधन हुन्छ ?

प्रचण्ड– हाम्रो लक्ष्य छ केहीमहिना भित्र टुंग्याउ ६ महिनादेखि १ वर्ष भित्र टुग्याएर जानुपर्छ भन्ने छ । टीआसीको विषयमा पहिला दलहरुबीच ‘म्याचुरिटी’ थिएन । पहिला कांग्रेसले माओवादी र माओवादीले कांग्रेसलाई दोष देखाउन पाए हुन्थ्यो जस्तो हुन्थ्यो । तर अहिले त्यस्तो छैन । अहिले जसरि पनि यसलाई सदाको लागि टुंग्याउनुपर्छ भन्ने सबै ‘स्टेक होल्डर’को कुरा रहेको छ ।

ऋषि– प्रचण्डबाट केही अपेक्षा गरेका छन् तर केपी ओली प्रधानमन्त्री बनेपछि उनी शक्तिशाली बन्न खोजेको आरोप बाहिर छ 

प्रचण्ड– सरकारको नेतृत्व गर्ने कुरा, प्रधानमन्त्रीको भूमिका खेल्ने कुरामा चुनौती र जटिलता र केही बाध्यता पनि हुन्छ ।  अहिले हाम्रो पार्टीका अध्यक्ष ओली प्रधानमन्त्री हुनुहुन्छ र उहाँले एक वर्षमा आधार वर्षमा ऐन कानूनदेखि छिमेकी सम्बन्ध बनाउनेदेखि समाजिक न्यायमा काम गर्न जोड नै नगरेको भए गल्ती हुन्थ्यो । …..हो जनताले अपेक्षा अनुसार काम गर्न नसकेको हो कि भन्ने प्रश्न जनताको मनामा छ । त्यसको समाधान गर्न हामीले बल गरिरहेका छौं । यो चुनौती पनि हो । संघीय लोकतान्त्रिण गणतन्त्र कार्यान्वयन गर्नुपर्ने छ ।
विकास र सुशासनको लागि सबै तागत लागाउनु नै पर्छ । हामी प्रतिपक्षसँग कुरा गरिरहेका छौं । जनताका कस्ता समस्या छ त्यसका बारेमा कुराकानी गरिरहेका छौं ।

ऋषि– प्रचण्डले आशा…..

प्रचण्ड– प्रचण्डले केही गर्छ कि भन्ने आशा छ । म तल्लो तहको आकांक्षासँग जोडिएको छु । पिछडिएको क्षेत्र, १० वर्षको बेलामा बलिदान नभएको जिल्ला छैन । गणतन्त्र, संघीयताको लागि सबैले बलिदानी गरेका छन् र त्यसको नेतृत्व गर्ने अवसर मलाई जनताले दिए । त्यसैले सबैले के ठान्नु स्वभाविक के छ भने सबै समूदायको साझा जस्तो म बन्न गएको छु । त्यस्तो ऐतिहासिक परिस्थिति बन्न गयो ।

ऋषि– तपाईले धेरैलाई प्रधानमन्त्री बनाउनु भयो तर अहिले राष्ट्रपति वा प्रधानमन्त्री तपाई बन्नेबारे चर्चा हुन थालेको छ । अब तपाईले केपी शर्मा ओलीलाई कहिलेसम्म प्रधानमन्त्री बनाउनरहन चाहनुहुन्छ ठ्याक्क नेपाली जनतालाई बताइदिनुस् ? जनता जान्न चाहन्छन्

प्रचण्ड– यो प्रश्न अलि संवेदनशील र गम्भीर पनि छ । नेपालमा उत्पीडित जाति क्षेत्रको अधिकार स्थापित गर्दा मैले प्रधानमन्त्री र राष्ट्रपति होउला भनेर सोचेकै थिइन । एउटा गरीब किसानको छोरो, हलो जोतर पढेको हो मैले । तपाई अहिले पनि गएर बुझ्न सक्नु हुन्छ ।
हाईस्कुल र आइएसी पढ्दा पनि विदामा बाआमा भएको ठाउँमा गएर मिहेनत गर्ने , एसएसी दिँदा ऋण लिएर पढ्न आएको हो म ।

तर गर्दै जाँदा यो ठाउँमा आइपुगियो । यहाँ आएपछि पहिलो संविधानसभाबाट सबैभन्दा ठूलो पार्टीको नेता होउला र गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री हुँला भनेर चुनावको बेलामा पनि लाग्दैन थियो गणतन्त्रमा गएका कारण राष्ट्रपतिको रुपमा प्रोजेक्ट गरेको थियो । चुनावमा सबैभन्दा ठूलो पार्टी भयो र पहिलो गणतान्त्रिक प्रधानमन्त्री बन्ने अवसर बन्यो । पहिलो पटक मैले परिपक्क रुपमा अरु दलसँग सहकार्य गर्ने, छिमेकीसँगको सम्बन्ध सन्तुलित रुपमा लैजाने र जनताको आकांक्षालाई पाको रुपमा सम्बोधन गर्नुपर्थ्यो त्यतिबेला । अरुलाई दोष दिन्न म ।
अपरिपक्वताले गर्दा मैले यो राजनीतिको चुरो समाउन सकिन त्यसले गर्दा त्यो नौ महिना झिलिमिलि मै वितेको जस्तो लाग्छ । के गर्ने कसो गर्ने मेसो नपाउँदै मैले छोड्नुपर्ने परिस्थिति आयो र मैले छोडें । बाध्यता थिएन तर छोडें । गिरिजाबाबुले नछोड्नुस् भन्नु भएको थियो ।
जसरी भएपनि प्रधानमन्त्री बन्नुपर्छ भन्ने लागेको भए किन छोड्थे र । मानिसले सोचे जस्तो पद नभइ नहुने व्यक्ति म होइन ।

मलाई प्रधानमन्त्री लिन हतारो छैन । देशमा विकास र सुशासनले गति लियो र जनतामा सन्तुष्टि आयो भने मैले पार्टीलाई मुख्यरुपमा हेर्ने र अर्को अध्यक्षले सरकार हेर्ने गरि काम मिलायो भने मलाई सहज हुन्छ

…..त्यसपछि प्रधानमन्त्री बनाउने लाइन लाग्यो । संविधान बनाउन सहमति हुनुपरो भनेर माधव नेपाललाई चिठि लेखेर तपाईं सांसद बन्न आउनु भने । उहाँलाई प्रधानमन्त्री बनाउन ल्याएको थिइन । संवैधानिक समितिको सभापति बनाउन ल्याएको थिए । तर पछि कंग्रेसलाई पनि केही गर्नुपर्ने बाध्यता भयो, एमालेलाई पनि भयो । उहाँ प्रधानमन्त्री बन्नुभयो । हेर्दा मेरो भूमिका भयो । त्यसपछि श्रृंखलामा बाबुराम, झलनाथ, सुशील कोइरालालाई पनि, पछि केपी ओलीलाई भनेको हो ।

ऋषि– केपी ओलीले तपाईलाई प्रधानमन्त्री बनाउनु होला ?तपाईलाई विश्वास छ प्रचण्ड जी, खुलासा गरिदिनुस् ओली जी र तपाईबीच भएको सहमति के हो ?

प्रचण्ड– पार्टी एकता बनाउने संकल्प गर्‍यौं र जनताले अनुमोदन गरे र हामी ठूलो जिम्मेवारीमा छौं ।  पार्टी एकता गर्दा पक्कैपनि हाम्रो बीचमा समझदारी भएको छ । सहमतिबाटै पार्टीमा निर्णय गरेर जानुपर्छ र सरकारको नेतृत्व पनि आलोपालोनै गर्ने नै भन्ने छ ।

ऋषि–लिखित नै छ कि ?

लिखित नै छ त्यो कितावमा छापिएर आएको छ ।

ऋषि–सहमति नै भएको छ ?

त्यो चाहिँ सहमति भएको छ । केपी ओली र मेरो कुरा हुँदा सहमति अनुसार नै जाने भन्ने छ । त्यसैले म त्यसमा आशंका गर्न चाहन्न । र, अहिले यो विषय उहाँ र म सहमति भयो र पार्टी भित्र सहमति भयो भने पाँचै वर्ष केपी ओली हुन पनि हुन्छ ।

ऋषि– ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउन तयार हुनुहुन्छ, प्रचण्ड जी ?

प्रचण्ड– मलाई प्रधानमन्त्री लिन हतारो छैन । देशमा विकास र सुशासनले गति लियो र जनतामा सन्तुष्टि आयो भने मैले पार्टीलाई मुख्यरुपमा हेर्ने र अर्को अध्यक्षले सरकार हेर्ने गरि काम मिलायो भने मलाई सहज हुन्छ । मलाई प्रधानमन्त्री नभइ नहुने होइन । मानिसहरुले त्यसै हो कि भन्छन् । कतिपय अलिकति संकृणहरुले मैले थोरै जनताको गुनासो बारे बोले भने प्रधानमन्त्री हुन बोलेको हो कि भन्ने पनि छन् । तर मेरो कुरा त्यो होइन । पार्टी र सरकार राम्रोसँग ‘रन’ भयो भने आलोपालो भनिएको भएपनि पाँचै वर्ष केपी जी भएपनि केही समस्या देखिएको छैन आपत्ति हुँदैन । म समर्थन गरिरहन्छु

ऋषि– अनि तपाईलाई के फाइदा प्रचण्ड जी ?

प्रचण्ड– मलाई के फाइदा हुनुपरो ? देशलाई फाइदा हुन पर्यो‍ । व्यक्तिगत फाइदा हेरेको भए पहिला नै प्रधानमन्त्री छोड्दिन थिए नी ।

ऋषि–निर्णय नेता हुन सक्नु भएन नी नेपाली राजनीतिमा केपी ओलीसँग मिलेपछि त ?

प्रचण्ड– मैले अघि एउटा कुरा भने तपाईलाई त्यसलाई तपाईले सायद ध्यान दिनु भएन । म फेरि भन्छु– सुशासन र विकासले गती लियो भने प्रधानमन्त्री फेरिराख्नुपर्छ भन्ने छैन । सहमति गरेको कारण फेरिहाल्नुपर्छ भन्ने छैन । तर म पनि एउटा नेता भएको हैसियतले मेरो जिम्मेवारी पनि राम्रोसँग परिभाषित हुनुपर्छ । त्यसैले सरकार एउटा अध्यक्षले र पार्टीको नेतृत्व एउटा अध्यक्षले ग¥यो भने सन्तुलन मिल्छ । र, म फेरि प्रधानमन्त्री भइराख्नुपर्छ भन्ने छैन । मैले खेल्ने पार्टी अध्यक्षको रुपमा मैले खेल्ने भूमिका राम्रोसँग खेल्छु । यो विषयमा छलफल चलिरहेको छ । तर, एउटा कुरा के हो भने फेरि विभिन्न परिस्थितिले काम पनि गर्छ । हिजो हामीले एकता गर्दा जे सहमित गरेका छौं, हामी सबै त्यो प्रति सबै इमान्दार हुनुपर्छ । अहिले म कसैसँग आशंका गर्दिन । के विश्वास गर्छु भने ओली जीले समय आएपछि सत्ता हस्तान्तरण गर्न उहाँले अफ्ट्यारो मान्नुहुन्न, मैले लिन पनि अफ्ट्यारो मान्दिन । राम्रो काम भयो र पार्टी भित्र सहमति भयो भने उहाँलाई पाँच वर्ष सरकार सञ्चालन गर्न दिन म अफ्ट्यारो मान्दिन र उहाँले(ओली) पार्टीको सञ्चालन तपाईले गर्नुस् भनेर दिन अफ्ट्यारो मान्नु हुँदैन ।
मैले भनेको कुरा बुझिन्छ ? भन्दै प्रचण्डले ऋषि धमलाईलाई सोधे ।

ऋषि– ओली जी र तपाईंको बीचमा सरकारको नेतृत्व साढे दुई÷साढे दुई मा गर्ने सहमति भयो तर ओली जीले छोड्नु भएन भने के हुन्छ ?

प्रचण्ड– सबै चिज सहमतिबाट हुनुपर्छ भन्ने छ । त्यो पार्टीले गर्ने डिसिजन हो । अहिले म त्यो कल्पना गर्न चाहन्न । मैले प्रधानमन्त्री जीलाई दुःख सुख सबैमा मैले रक्षा गर्न मेरो ठाउँबाट बल गरिराखेको छु । मैले सरकार र प्रधानमन्त्रीको पक्षमा सार्वजनिक कार्यक्रममा भनिरहेको छु । अहिले म यो प्रश्नमा जान चाहन्न र यो उचित हुँदैन । सहजरुमा कुराकानी गरिरहेका छौं ।

एकता र अहिलेसम्म हाम्रो कमी छ भने त्यसलाई समिक्षा गर्ने र सच्याउने तर्फ बल गरिरहेका छौं । त्यसकारण भोली उहाँले छोड्नु हुन्न भनेर म कल्पना गर्न चाहन्न । यो विषय हामीले समझदारी अनुसार जान्छ भन्ने छ ।

दोस्रो, सवाल फेरि पनि सुसासन र जनताको विकास र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने कुरा हो । जनताले नेकपाको सरकार भएको बेला सुसानको अनुभुति गरेकी गरेनन्, भन्ने सवाल हो । जनताले अब चाहिँ देशमा विकास हुने भयो, भ्रष्टाचार विरुद्ध गयो सरकार र पार्टीको अर्को स्वार्थ छैन भन्ने जनताले बुझे भने चिज एक ढंगले जान्छ । जनताले भ्रष्टाचार बढेको छ, विकास पनि राम्रो भइरहेको छैन भन्ने ठान्यो भने परिस्थिति अर्को ढंगले जान्छ । कुरा बुझ्नु भयो त !

हिजो हामीले एकता गर्दा जे सहमति भएको छ त्यो अनुसार गयो भने फरक स्प्रिट अनुसार जान्छ । सहमतिभन्दा विपरित कुराहरु गर्न थालियो भने चिजहरु अर्को ढंगले जान्छ । मेरो चाहिँ एकतालाई सुदृढ गर्ने र आधारमा टेक्ने र जे सहमति गरेको छ त्यसलाई इमान्दारिताका साथ गर्ने भन्ने नै छ ।

केपी जीले मलाई एकता महाधिवेशनमा अध्यक्ष बनाउनँदैमा उहाँ पाँच वर्ष प्रधानमन्त्री भन्ने हुँदैन

के कोलागि भने देश र जनताको लागि राष्ट्रको एकता र स्वाधिताको लागि तर त्यो बाट दायाँबायाँ गर्न कसैले खोज्यो भने त्यो टिक्दैन ।
कसैले धेरै घमण्ड गर्यो‍ भने घमण्डको अन्तिम परिणति राम्रो हुँदैन । यो सबैले महसुस गरेका छौं । एकाध कुराहरु त्यस्ता देखिन खोज्छन् ।

ऋषि–ओली जी र तपाईबीच दुरी बढ्यो भन्छन् नी !

प्रचण्ड– त्यस्तो पनि होइन । अब एउटा कुरा के हो भने सहमति कार्यान्वयनमा आवश्यक गम्भीरता, निर्णय लिँदा सम्पूर्ण रुपमा इमान्दार र पारदर्शी खालको छलफल, छलफलबाट निर्णय लिने प्रकृयामा गम्भीर हुनैपर्छ । त्यहाँ गम्भीर भएन भने स्थीति गम्भीर बन्ने खतरा हुन्छ । तर, हामी अहिले जसरी छलफल गरिराखेका छौं, ओलीसँग खुलेर छलफल हुन्छ । केही दिन अघि खुलेर दुबैजनाबीच मनमा लागेको कुरा भयो ।

ऋषि–ओली जीले एकता महाधिवेशपछि तपाईंलाई अध्यक्ष बनाउनुभयो भने उहाँ पाँच वर्षको प्रधानमन्त्री हो ? सही हो ?

प्रचण्ड– अब त्यो सही होइन, त्यो पूरा होइन । सही त हो, सत्यको अंश हो तर पूरै होइन । केपी जीले मलाई एकता महाधिवेशनमा अध्यक्ष बनाउनँदैमा उहाँ पाँच वर्ष प्रधानमन्त्री भन्ने हुँदैन । मुख्य कुरा जनताले चाहेजस्तो सुशासन र विकासलाई पनि गति दिइयो र एकता अधिवेशमा सबै कुरा सहमतिले गयो भने केपी जी पाँच वर्षै प्रधानमन्त्री हुनसक्नु हुन्छ ।

ऋषि–जनताको चाहना अनुसार काम भएन भने ?

प्रचण्ड– परिवर्तन हुनसक्छ, सहमति अनुसार परिवर्तन गर्नेस्थिति आउँछ ।

ऋषि– माधव नेपाल, झलनाथ, वामदेवलगायतसँग संसदीय दलको नेता परिवर्तन गर्ने र ओलीलाई हटाउने सहमति भएको हो ?

प्रचण्ड– होइन यो गलत हो । सरकारलाई कसरी सफल पार्ने एकतालाई कसरी निष्कर्षमा पुराउने भन्ने बारेमा माधव, झलनाथ, बामदेव, नारायणकाजीका बीचमा मात्र होइन प्रधानमन्त्री र मेरो, इश्वर पोखरेल बीचमा भइरहेको छ । महासविचवसँग पनि छलफल भइरहेको छ । अहिले कुनै पनि छलफल सरकार हटाउने र अर्को बनाउने बारेमा केन्द्रित भएको छैन । सरकारलाई के गरि प्रभावकारी बनाउने र एकतालाई के गरि छिटो टुंग्याउने भन्ने छ । बाँकी सबै बजारको हल्ला हो ।

ऋषि– पार्टी भित्र वैचारिक बहस शुरु भएको हो ? जबजलाई स्वीकार गर्नु भएको हो ?

प्रचण्ड– जनताको बहुदलीय जनावादले कम्युष्टि आन्दोलन लोकप्रिय बनाउन भुमिका खेल्यो र २१ शताव्दिमा जनवाद भन्ने कार्यक्रमले विशेष परिस्थितिमा महत्वपूर्ण भूमिका खेल्यो भन्ने हामीले सर्वसम्मत निर्णय गरेका छौं । हामीले जबजलाई र २१ शताव्दिलाई पनि सकारात्म ढंगमा टुंग्यायौं ।

हामीले अहिले ६३ /६३ सम्ममा आउँदा देश जनक्रान्ति बडो मौलिक रुपमा सम्पन्न भयो अब नेपाल जनवादी क्रान्तिको युगमा नभइ समाजवादको आधार निर्माण गर्ने तिर गयो भन्ने संस्लेषण गरिएको छ । यो एकतापछि गरिएको होइन । एमालेको नवौं महाधिवेशनले अबको बाटो समाजवादको बाटो हो भन्ने छ र माओवादी केन्द्रबाट पनि अबको बाटो समाजवादको बाटो हो भन्ने पारित भएको छ यसलाई ख्याल गर्नु जरुरी छ ।

कार्यदलले सर्वसम्मतिले मस्यौदा गरेको छ र सचिवालयले सर्वसम्मतले पास गरेको छ । रणनीति चाँहि समाजवाद हो, तत्कालका लागि जनताको जनवाद जुन समाजवाद उन्मुख छ भनिएको छ त्यसमा सर्वसम्मत भनिएको छ । त्यसमा जबज वा २१ शताव्दि भनिएको छैन ।
जबज र विकसित र परिमार्जित गर्नुपरो र २१ शताब्दिलाई पनि परिमार्जन गर्नुपरो भन्ने छ त्यसकारण लाइनको समस्या हल भयो भन्ने छ ।
अहिले एकताको विशेष परिस्थिति भएका कारण एकता महाधिवेशन पनि सहमति मै गर्ने सहमती ओली जी र म बीच भएको छ ।

(पत्रकार ऋषि धमलाले जनता जान्न चाहन्छन् नामक टेलिभिजन कार्यक्रमका लागि लिएको अन्तर्वार्ताको सम्पादित अंश)

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ३ : ५१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०