कांग्रेसले भन्यो–धुर्मुस्–सुन्तली, किञ्चित नडग्मगाउनु ! | Khabarhub Khabarhub

कांग्रेसले भन्यो–धुर्मुस्–सुन्तली, किञ्चित नडग्मगाउनु !


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर चलाउनेमाथि कारवाही गर्न माग गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देश निर्माणको यात्रामा प्रेरणादायी कर्म गरिरहेकालाई निरुत्साहित पार्न प्रयत्न गर्ने जो भएपनि तिनीहरुलाई कडा कारवाही गर्न सरकारसँग माग गरेका हुन् ।

सामाजिक सञ्जालमा सन्देश लेख्दै प्रवक्ता शर्माले भनेका छन्,‘प्रिय धुर्मुस्–सुन्तली! किञ्चित नडग्मगाउनु, भत्काउनेहरुले होइन बनाउनेहरुले बनाउँछन् संसार, हेलो सरकार देश निर्माणको यात्रामा प्रेरणादायी कर्म गरिरहेकालाई निरुत्साहित पार्ने प्रयत्न गर्ने जो हुन् तिनलाई कडा कारवाही गरियोस् ।’

चितवनको भरतपुर महानरपालिका–१६ मा निर्माण शुरु भएको रंगाशालालाई बारिएको जस्तापाताको बार बुधबार बिहान केही स्थानीले भत्काएका थिए । प्रकाश कँडेलको नेतृत्वमा गएको समूहले डोजर लगाएर उक्त बार भत्काएको थियो ।

उक्त बार भत्काएपछि रंगलाशा निर्माणमा जुटेका धुर्मुसले भावुक हुँदै भीडियो सार्वजनिक गरेका थिए । त्यसपछि सामाजिक सञ्जालमा धुर्मुसको समर्थन र बार भत्काउनेको विरोध भएको थियो । बुधबार बिहान डोजर चलाएर बार भत्काउने कार्यमा संलग्न कँडेलसहित १७ जनालाई बेलुका प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ११ : २४ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि