विप्लव समूहका जिल्ला इञ्चार्जसहित १० जना पक्राउ, विस्फोटक पदार्थ बरामद गरिएको प्रहरीको दाबी | Khabarhub Khabarhub

विप्लव समूहका जिल्ला इञ्चार्जसहित १० जना पक्राउ, विस्फोटक पदार्थ बरामद गरिएको प्रहरीको दाबी


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मार्तडी– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार विक बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विक,सचिव भरत थापा, महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय सदस्य पवित्रा विक र जिल्ला कमिटी सदस्य अङ्गराज भण्डारी रहेका छन् ।

विद्यार्थी कमिटीका गोरख रोकाया, समीक्षा विक सुशीला विक, सुस्मिता विक, केशातार विक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रक्राउ परेकाबाट विभिन्न विष्फोटक पदार्थसमेत बरामद गरिएको प्रहरीको दावी छ । चन्दा सङ्कलन गरेका रसिदसमेत फेला परेका छन् । प्रक्राउ परेकालाई मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १ : ५२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड