विदेशीको प्रभाव रहने क्रिकेट लिगमा नेपाली खेलाडीको सुधारिएको प्रदर्शन | Khabarhub Khabarhub

विदेशीको प्रभाव रहने क्रिकेट लिगमा नेपाली खेलाडीको सुधारिएको प्रदर्शन



काठमाडौं – पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेट फ्रेन्चाईजी लिग शनिवार चितवन राइनोजलाई उपाधि सुम्पिँदै सम्पन्न भएको छ ।

पोखरा क्रिकेट मैदानमा भएको फाइनलमा चितवनले विराटनगरलाई ३२ रनले पराजित गर्दै दोस्रो संस्करणको पीपीएलको उपाधि हात पारेको हो ।

फुटबलको राजधानीका रुपमा परिचित पोखरामा पीपीएल टि–२० क्रिकेट प्रतियोगिताले दोस्रो बर्ष पुरा गरिरहँदा आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट उत्साहित भएको छ ।

दर्शकको उपस्थिति, मैदानको अवस्था र पोखराबासीको साथले पीपीएल सफल भएको दाबी आयोजकको छ ।

राउण्ड रोविन लिगका आधारमा भएको खेलमा दर्शकले सुरुदखि साथ  दिएको आयोजक क्विन्स इभेन्ट मेनेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए ।

पीपीएलले पोखरालाई नयाँ पहिचान दिएको छ । खेलकुदमा पोखरामा फुटबल सबैभन्दा धेरै रुचाइने खेल हो । त्यसपछि भलिबल । तर, पोखरा प्रिमियर लिगले पोखराका लागि नयाँ पहिचान दिएको छ ।

पर्यटकिय नगरि पोखरामा पीपीएलल दास्रो वर्ष पूरा गरिरहँदा यसलाई क्रिकेटको शहर उपमा दिन थालिएको छ । पीपीएलमा सहभागी ६ शहरका मालिकदेखि प्रायोजकहले पोखराले नयाँ परिचय पाएको बताएका छन् ।

प्रबन्ध निर्देशक लामा पीपीएलले पोखरामा आफ्नो पहिचान बनाउन सफल भएको बताउँदै दोस्रो संस्करणको पीपीएल ‘ग्राण्ड सक्सेस’ भएको बताउँछन् ।

‘पोखरामा पीपीएलले क्रिकेटको माहोल बनाएको छ । पहिलो संस्करणभन्दा यो संस्करण ‘ग्राण्ड सक्सेस’ भएको छ,’ प्रबन्ध निर्देशक लामाले भने,‘पिचले पनि राम्रो साथ दियो । रन राम्रो बन्यो ।’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान तथा चितवन राइनोजका कप्तान पारस खड्काले पीपीएलले सफल भएको बताएका छन् ।

पीपीएलले पोखरामा क्रिकेटको क्रेज बढाउँदै लिएको उनको अनुभव छ । ‘पीपीएल पक्कै पनि राम्रो भएको छ । यसअघि यहाँ क्रिकेट हुँदैन थियो । अहिले यहाँको मानिसहरुमा पनि क्रिकेट चेत बढ्न थालेको छ,’ खड्काले भने,‘दर्शकको साथ निकै महत्वपूर्ण रह्यो । मैदानमा पनि खेलाडीहरुले राम्रो खेले । खुसी छौं ।’

नेपाल सरकार भम्रण बर्ष २०२० मनाउने योजनामा छ । जनवरी १ नजिकिँदै गर्दा सपन्न भएको पीपीएलले नेपालको प्राकृतिक सुन्दरताको प्रबर्दनमा साथ दिएको क्विन्स इभेन्ट मेनेजमेन्टका प्रवन्ध निर्देशक लामाले बताए। लामाले पीपीएलको सफल समापनसम्म झण्डै १ करोड लगानी भएको बताएका छन् ।

पोखरा क्रिकेट मैदानबाट देखिने माछापुछ्रेको दृश्यदेखि पीपीएलमा पोखरा आएका विदेशी खेलाडीको माध्यमबाट पर्यटन भम्रण वर्षलाई सफल पार्ने सहयोग पुर्याएको छ,’ लामाले भने,‘सुन्दर नगरी पोखरामा पीपीएलका लागि पोखरा आउने मिडिया पर्सनदेखि सबैले यहाँको सुन्दरको बयान गरेका छन् । यसले पनि क्रिकेटमार्फत भ्रमण वर्षमा टेवा पुगेको छ ।’

पोखरा क्रिकेट मैदानको सिरानमा देखि माछापुञ्छ्रेको दृश्यको चर्चा पनि पीपीएलका क्रममा अन्तर्राष्ट्रिय स्तरमै हुँदै आएको छ ।

सामाजिक सञ्जालमा पोखरा क्रिकेट मैदानको दृश्यले ठूलो स्थान बनाउँदै आएको थियो । यसलाई लिएर पटक–पटक नेपाल तथा अन्तर्राष्ट्रिय सञ्चार मायममा अन्तर्राष्ट्रिय न्यूट्रल भेन्युका रुपमा पोखरा क्रिकेट मैदानको विकास गर्नु पर्ने चर्चा पनि चल्दै आएको छ ।

पीपीएलमा उद्घाट र समापनका क्रममा बोलेका अतिथिहरुले पनि पोखरालाई न्यूट्रल भेन्युका रुपमा विकास गर्ने बताउँदै आएका छन् ।

पीपीएलका लागि बनाइएको मैदानमा केही समय अगाडि सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला क्रिकेट भएको थियो ।

पीपीएलमा पिचले राम्रो साथ दिएको राइनोजका कप्तान खड्काले बताए । उनले अहिले पोखरामा बनेको पिच नेपालकै उत्कृष्ट पिच भएको बताएका छन् ।

‘पिचले राम्रो साथ दियो । कुनै खेलमा समर्थकलाई दिक्क लाग्दो भए । अहिल बनेको पिच अहिलेसम्मकै ‘बेष्ट’ छ,’ खड्काले भने ।

पीपीएलका दुई खेलमा २ सय रनभन्दा बढी रन बनेको छ । जसमा दुवै खेलमा २ सय रन पूरा गर्ने टोली चितवन राइनोज हो ।

फाइनलमा चितवनले विरानगरविरुद्ध २०२ रन बनाएको थियो । त्यसअघि चितवनले लिगको खेलमा बुटबल बलास्टर्सविरुद्ध २०३ रन बनाएको थियो ।

नेपाली खेलाडीको खेलमा सुधार

नेपालमा पछिल्लो समय नीजि क्षेत्रले सञ्चालन गरेका टि–२० फ्रेन्चाईजी क्रिकेट लिगको संख्या बढ्दो क्रममा रहेका छन् । धनगढी प्रियिर लिग, एभ्रेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिग नेपालका शीर्ष लिगहरु हुन् ।

यी सबै लिगमा २ देखि ३ जना विदेशी खेलाडी अनिवार्य गरिएको छ । पीपीएलमा रहेका ६ बटै टिमले ३–३ जना विदेशी खेलाडीलाई अनुवन्धन गरेको छ । नेपाली लिगहरुमा विदेशी खेलाडीले प्रभाव जमाउँदै आएका थिए । तर, यो संस्करणको पीपीएलमा नेपाली खेलाडीले पनि सुधारिएको प्रदर्शन पस्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा चितवन राइनोजका समेत कप्तान रहेका खड्काले बताए ।

‘यो संस्करणमा नेपाली खेलाडीहरुको पनि सुधारिएको प्रदर्शन देखाएका छन् । सधै विदेशी खेलाडीहरुको प्रभाव बढी हुने गथ्र्यो,’ कप्तान खड्काले भने,‘यसपाली नेपाली खलाडीहरुले पनि राम्रो खेले । खेलाडीहरुले आफ्नो खेललाई कन्सिस्टेन्ट बनाउन सके आगामी दिनमा राम्रो हुँदै जान्छ ।’

शीर्ष ५ ब्याट्सम्यान

पुनित मेहरा (विराटनर टाइटन्स) ७ खेल – २३६ रन

रोहन मुस्तफा (चितवन राइनोज) ६ खेल – २०६ रन

बाबर हायत (चितवन राइनोज)  ६ खेल – २०३ रन

ज्ञानेन्द्र मल्ल (काठमाडौं गोल्डेन्स) ५ खेल – २०१ रन

अफ्ताबुद्दीन आलम (बुटबल ब्लास्टर्स) ६ खेल – १८६

शीर्ष ५ बलर

करण केसी ६ खेल – १४ विकेट

सन्नी पटेल ६ खेल – ११ विकेट

मोहम्मद जायद आलम ७ खेल – ११ विकेट

भुवन कार्की ६ खेल – १० विकेट

पुनित मेहरा ७ खेल –१० विकेट

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ९ : ३७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम