महोत्तरीको उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा | Khabarhub Khabarhub

महोत्तरीको उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीमा सञ्चालित उपनिर्वाचनमा बिहान ७ बजेदेखि मतदान जारी छ । उच्च सुरक्षा सतर्कतासहित मतदान जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

मतदान केन्द्रमा आएका सबै मतदाताको उचित निगरानीपछि मात्र मतदानकेन्द्र भित्र पठाएको प्रहरीले जनाएको छ ।

महोत्तरीमा एक गाउँपालिका अध्यक्ष तथा तीन वडा अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । पिपरा गाउँपालिकामा गाउँपालिकाको अध्यक्ष र मटिहानी नपा–६ तथा बल्वा नपा–२ र ८ मा वडा अध्यक्ष चयनका लागि उपनिर्वाचन हुँदैछ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले उपनिर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् ।

उनले थोरै स्थानमा मतदान हुने भएपनि मतदान हुने स्थलहरूलाई संवेदनशील र अति संवेदनशील गरी दुई भागमा छुट्याइएको बताउँदै सुरक्षाको तर्फबाट कुनै कसर बाँकी नरहने बताए ।

उनले तत्कालै सुरक्षाकर्मीको सङ्ख्या निर्धारण भएर नआएको बताउँदै निर्वाचन सुरक्षा योजना अनुसार गत निर्वाचन जस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा घेरा हुने बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ९ : ०४ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा