हिमाल आरोहणमा निर्मल पुर्जाको विश्व कीर्तिमान « Khabarhub

हिमाल आरोहणमा निर्मल पुर्जाको विश्व कीर्तिमान


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली आरोही निर्मल पुर्जाले हिमाल आरोहणमा विश्व कीर्तिमान बनाएका छन् । उनले सात महिनामा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको लगातार आरोण गरे विश्व कीर्तिमान कायम गरेका हुन् ।

बेलायती सेनामा कार्यरत म्याग्दी, अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाले मंगलबार बिहान चीनको तिब्बतमा अवस्थित शीशापाङ्मा हिमालको सफल आरोण गरेसँगै यो कीर्तिमान रचेका हुन् ।

यसअघि यो कीर्तिमान पोल्याण्डका आरोही जेर्जी कुकुज्जाको नाममा थियो । उनले भने करिब ८ वर्ष लगाएर सन् १९८७ मा यो कीर्तिमान कायम गरेका थिए ।

८ हजार २७ मिटर उचाईको विश्वकै चौथो अग्लो हिमालको सफल आरोहणपछि उनले ट्वीट गर्दै लेखेका छन्, ‘लक्ष्य पूरा भयो ।’

चिनियाँ सरकारले सन् २०१९ सम्मलाई शीशापाङ्मा हिमाल आरोणमा प्रतिबन्ध लगाए पनि विश्व कीर्तिमानका लागि गरिएको अनुरोधलाई स्वीकार गर्दै उनले विशेष अनुमति पाएका थिए ।

गएको सेप्टेम्बरमा नै उनको अभियान शीशापाङ्मा हिमाल आरोहण गर्ने तयारीमा थियो । तर चीन सरकारले अनुमति नदिँदा केही समय पछाडि सरेको थियो ।

उनको यो आरोहण अभियान गत बैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट सुरु भएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ४ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै