आमाबाबु नपाल्ने छोराछोरीबाट करकट्टा गर्नुपर्छः प्रधानमन्त्री | Khabarhub Khabarhub

आमाबाबु नपाल्ने छोराछोरीबाट करकट्टा गर्नुपर्छः प्रधानमन्त्री


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका सडकमा रहेको अनाथ, असहाय, मनोरोगी मानवको उद्धारसहित व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

भक्तपुरको कौशल्टारमा मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटन एवं गृह प्रवेश कार्यक्रममा उनले सबै स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका असहाय तथा सडक बालबालिको उचित व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

देशको भोलिका कर्णधारका रुपमा रहेका बालबालिका सडक आए, देश पनि सडकमा आउने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले अनाथ, बेसाहारा, असहाय कोही पनि सडकमा रहन नपरोस् भनेर अहिलेको सरकारले घोषणा गरेको बताए ।

उनले अभियान चलाएर केही महिनाभित्रै सडक रहेका अनाथ, बेसाहारा, असहायहरुको  उद्धार गरिने बताए ।  प्रधानमन्त्री ओलीले भने, “सडकमा आफै कोही पनि पुगेका होइनन् परिवारले नै पुर्‍याएका हुन् । आमाबाबु नपाल्ने छोराछोरीबाट करकट्टा गरेर आमाबाबुलाई दिलाउनुपर्छ ।”

प्रधानमन्त्री ओलीले सडकलाई अनाथ, असहाय मानवमुक्त बनाउने उद्देश्यले सञ्चालन भएको अभियानका लागि रु एक करोड प्रदान गर्ने घोषणा गरे ।

प्रधानमन्त्री ओलीले सडकबाट उद्धार गरी आश्रममा ल्याइएका अनाथ, असहायलाई मासिक रु तीन हजारका दरले भत्ता उपलब्ध गराउने घोषणा पनि गरेका थिए ।

सामाजिक सञ्जालमा बिनाकारण सरकारको आलोचना गर्नेप्रति टिप्पणी गर्दै उनेले सामाजिक सञ्जाल, फेसबुकबाट अनावश्यक विषयमा कुर्लिएर अश्लिलता देखाउनुको सट्टा यस्तो मानवीय सेवामा समय दिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले समस्या नै नभए पनि नकारात्मक सोचाइ राखेर अनावश्यक विषयमा सडकमा दिनैपिच्छे हल्ला र जुलुस गर्नुभन्दा सडकबाट असहायलाई उद्धार गरेर देश निर्माणको काममा लाग्नुपर्ने बताए ।

 

 

 

मानवसेवा आश्रमलाई एक करोड दिने घोषणा गरेका छन् ।

मानवसेवा आश्रम भक्तपुरको गृह प्रवेश एवं उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले आश्रमलाई १ कारेड रुपैयाँ दिने घोषण गरेका हुन् ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा खोलिएको आश्रमको १६ औं शाखा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकलाई सरकारले दिँदै आएको जेष्ठ नागरिक भत्ता रु २ हजारबाट एक हजार बढाएर ३ हजार बनाउने आश्वासन दिए ।

मानवसेवा आश्रमले गर्दै आएको सडकमा बेवारिसे अवस्थामा रहेको बेसाहरा जेष्ठ नागरिकहरु, मानसिक सन्तुलन गुमाएका, ब्यक्तिहरुको उद्धार गरेर स्याहार सुसार, उपचार गरेर नयाँ जीवन दिने कामको उनले प्रश‌ंसा गरे ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १० : ३० बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा