मोहन वैद्य हर्कवहादुर शाही स्मृति फाउण्डेसनको सल्लाहकार समितिको अध्यक्ष चयन | Khabarhub Khabarhub

मोहन वैद्य हर्कवहादुर शाही स्मृति फाउण्डेसनको सल्लाहकार समितिको अध्यक्ष चयन


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– हर्कवहादुर शाही स्मृति फाउण्डेसनको कार्य समितिको वैठकले फाउण्डेसन सल्लाहकार समितिको अध्यक्षमा नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई चयन गरेको छ ।

सदस्यहरुमा पूर्व राष्ट्रिय सभा सदस्य रंगनाथ जोशि, पूर्व प्रतिनिधि सभा सांसद नर वहादुर हमाल ,चक्रपाणि शर्मा र एक सदस्य पछि थप गर्ने गरी पाँच सदसीय समिति रहने निर्णय गरिएको छ ।

हर्कवहादुर शाहीको सम्झनामा एक मिनेट श्रद्धाञ्जली गर्दै वसेको वैठकको अध्यक्षयता फाउन्डेसनका अध्यक्ष दिपक वहादुर शाहीले गरेका थिए ।

प्रमुख अतिथीका रुपमा उपस्थित महासचिव वैद्यले हर्कवहादुर शाहीले लिएको वर्गीय मुक्ति आन्दोलन र अधुरो क्रान्तिको कार्यभार पुरा गर्न माहान् शहिदहरुले लिएको उद्धेश्य प्राप्तिको वाटोमा अघि वढ्नु पर्ने कुरामा जोड दिएका थिए ।

निकट भविष्यमै सल्लाहकार समितिका अध्यक्ष एवं नेकपा(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको प्रमुख आतिथ्यतामा “माक्सवादको रक्षा, प्रयोग र विकास” विषयक वृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने तयारी रहेको हर्कवहादुर शाही स्मृति फाउण्डेसनले जनाएको छ ।

साथै दैलेखको दुल्लुमा हर्क वहादुर शाहीको अर्ध कदको शालिक निर्माण गर्ने निर्णय समेत वैठकले गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  २ : ०७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड