प्रथम ‘प्रकाश दाहाल स्मृति भलिबल’ प्रतियोगिता हुने | Khabarhub Khabarhub

प्रथम ‘प्रकाश दाहाल स्मृति भलिबल’ प्रतियोगिता हुने


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप भलिबल प्रतियोगिता हुने भएको छ । प्रगतिशील युवा नेपाल (गोरखा–काठमाडौँ)को आयोजनामा यही भदौ २४ देखि २८ सम्म राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।

प्रगतिशील युवा नेपालले बिहीबार पत्रकार सम्मेलन गरी सर्वाधिक धनराशि पुरस्कार भएको भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा युवा नेपालका अध्यक्ष दीपक थापाले खेलाडीलाई नयाँ ऊर्जा थप्नका लागि खुला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए । खेलकूदको विकास भएमात्र समृद्ध मुलुक निर्माण हुने भन्दै प्रगतिशील युवा नेपालले खेलकूदको विकासका लागि काम गर्न लागेको उनको भनाइ छ ।

काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेलमैदानमा हुने प्रतियोगिताको विजेता समूहले पाँच लाख पाउनेछ । यस्तै द्वितीय पुरस्कार तीन लाख, तृतीय पुरस्कार एक लाख, चौथो पुरस्कार ५० हजार छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार हात पार्ने अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ८ : ३६ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित