खस्कँदो नेपाली शिक्षा-प्राध्यापकहरु नै पढ्दैनन् पुस्तक !

नेपाली साहित्यको पढाई गाइडबुकमा सीमित हुँदै

कृष्ण अविरल

बिहिबार, भदौ १२, २०७६

Reading Time: 5 minutes

खस्कँदो नेपाली शिक्षा-प्राध्यापकहरु नै पढ्दैनन् पुस्तक !

कुरा केही साताअघिको हो । त्रिचन्द्र कलेज, काठमाडौंबाट नेपाली विषयमा स्नातकोत्तर तह सकेकी एक छात्रा कसको कृतिमा थेसिस गर्दा सजिलो होला भनेर सल्लाह माग्न पङ्तिकारकहाँ आइन् । कृति सिफारिस गर्नुअघि उनको बौद्धिक क्षमता थाहा पाउन जरुरी हुन्थ्यो । त्यसैले पङ्तिकारले सोध्यो– ‘तपाईँले पछिल्लो समय पढ्नुभएको कृति कुन हो ?’

एकजना साथीको साथमा आएकी उनले सहज भावमा भनिन्, ‘मेरो त साहित्यिक किताब पढ्ने बानी नै छैन सर।’

‘नेपाली साहित्यमा मास्टर डिग्री गरेको भन्नु हुन्छ, नेपाली साहित्यका पुस्तक नै पढ्नु हुन्न ?’

‘समय नै हुन्न सर।’ उनले भनिन्, ‘माइती गएका बेला अमर न्यौपानेको सेतो धरती चै अलिकति हेरेकी छु।’ उनको माइतीमा भाउजूले साहित्यिक पुस्तक पढ्दी रहिछन् ।

‘तपाईंहरुले नै नेपाली साहित्य नपढे अरु कसले पढ्ने ?’ छक्क पर्दै पङ्तिकारले सोध्यो, ‘कोर्षमा परेका किताब पनि पढ्नु भएन त ?’

‘कहाँ पढ्न भ्याउनु सर ? काठमाडौंमा जिन्दगी चलाउनै मुस्किल छ । अफिसको काम नि गर्नै प’यो । सासुससुरा, श्रीमान्, घरव्यवहार पनि सम्हाल्नै प’यो ।’ डिल्लीबजारको एउटा व्यवसायिक फर्ममा काम गर्ने उनले कुरा नलुकाइ भनिन्–’सरलाई नढाँटी भन्नु पर्दा मैले रेगुलर क्लास पनि लिन पाइन । परीक्षा आउनुअघि गेसपेपर, सोलुसनहरु पढेर पास गरेकी…।’

क्याम्पसहरुमा पढाउने आफन्त, चिनारु, साथीभाइ तथा आकस्मिक रुपमा भेटिएकाहरुसँग कुरा गर्दा अधिकांश नेपाली साहित्यका पछिल्ला प्रवृत्ति र प्रयोगका बारेमा अनभिज्ञ पाइयो । घरमा जाने मौका मिलेकाहरुका थाहै नदिइ छड्के गर्दा अधिकांश प्रोफेसरहरुका निजी पुस्तकालयमा साहित्यिक कृतिहरुभन्दा बढी गाइडबुकहरु भेटिए ।

‘सोलुसन, गेसपेपरहरु पढेर पनि मास्टर डिग्री हुन्छ त ?’ छक्क परेको पङ्तिकारले जिज्ञासा राख्यो–’आफूले पढेको विषयमै दख्खल नभएपछि भोलि पास गरेपछि कलेजका विद्यार्थीलाई कसरी पढाउनु हुन्छ ?’ कुराकानीका क्रममा उनले कलेजमा आंशिक शिक्षकको रुपमा पढाउने काम पाइने आशमा स्नातकोत्तर तह अध्ययन गरेको बताएकी थिइन् ।

‘सबैले गेसपेपर सोलुसन पढेरै इक्जाम दिने हुन् सर ।’ सँगै आएकी अर्की साथीले थपिन्, ‘पहिलापहिलाका विद्यार्थीले जे गरे हामीले पनि त्यही गर्ने हो ।’
‘गेसपेपर, सोलुसनहरु मात्रै पढेर पनि मास्टर डिग्री हुन्छ त ?’

‘नहुने भए गेसपेपर, सोलुसनहरु बजारमा निस्कने नै थिएनन् ।’ उनले भनिन्, ‘हामीलाई पढाउने एक जना सरले त आफैँले लेखेको सोलुसनको बुक क्लासमा देखाएर पढ्न सिफारिस गर्नु भाथ्यो ।’

‘त्यसरी पास गरेर पनि कलेजमा काम पाइन्छ त ?’ उनीहरुको आत्मविश्वास देखेर छक्क परेको पङ्तिकारले कौतुहलता प्रकट ग’यो, ‘यहाँ काम पाइने भनेको पढाउने क्षमता, सर्टिफिकेट भन्दा पनि रिलेसनका आधारमा हो । आफूमा कन्फिडेन्स भएपछि पढाउन त सकिहालिन्छ नि ।’

‘कलेजमा नेपाली विषय नै पढाउँछु भन्ने हो भने त पाठ्यक्रममा परेका कथा उपन्यासहरुको विषयगत गहिराइ बुझेको त हुनु पर्छ होला हैन र ?’ पङ्तिकारले अर्ति उपदेश छाँट्यो, ‘पछिल्लो समय साहित्यिक लेखनको धार कतातिर गैरहेको छ, कुन स्रष्टाले कस्ता कृति लेखिरहेका छन्, कस्ताकस्ता प्रयोग भइरहेका छन् भन्ने कुरा थाहा नभइ कसरी विद्यार्थीलाई पढाउनु ? के सिकाउनु ?’

‘साँच्चै भन्नु पर्दा हामीलाई पढाउने सरहरु नै पढ्नु हुन्न ।’ उनले प्रष्ट पार्दै भनिन् ‘उहाँहरु सबैले कलेज पढाउन शुरु गर्दा तयार पारेको पुरानो डायरी हेरेर पढाउनु हुन्छ । भोलि हामीले पनि त्यसै गर्ने हो…।’

०००

माथिको कुराकानी अहिलेको विश्वविद्यालय शिक्षा कतातिर गइरहेको छ भन्ने कुराको सानो दृष्टान्त हो । विडम्बना कतिसम्म छ भने नेपाली विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका भनिएकाहरु एक अनुच्छेद शुद्ध लेख्न सक्दैनन् । नेपाली साहित्यका सैद्धान्तिक पक्षको त कुरै छाडौं, कतिपयसँग त विधागत ज्ञान समेत हुन्न । त्यसरी स्नानतकोत्तर तह उत्तीर्ण गरेकाहरुले प्लस–टु र कलेजहरुमा कुन स्तरको पठनपाठन गरिरहेका छन्, सहजै अनुमान गर्न सकिन्छ ।

पाँच प्रतिशत बाहेक अधिकांशले बजारमा निस्केका गाइड बुक र सोलुसनबाट मूल–मूल बुँदा आफ्नो डायरीमा सार्ने र कक्षामा गएर पठाउने गर्दा रहेछन् । अनि कहाँबाट उत्पादन हुन्छ नेपाली भाषा साहित्यमा दक्ष जनशक्ति ?

मास्टर डिग्रीका दुई–चार प्रमाणपत्र नै बटुलेकाहरु जागीरको खोजीमा भौतारिइरहेका थुप्रै भेटिन्छन् । जागीर नपाएकोमा सरकारलाई गाली गरहेका हुन्छन । तर तिनलाई जागीर चाहिएकै विषयमा निवेदन लेख्न भन्ने हो भने राम्रोसँग लेख्न सक्दैनन् । भाषिक शुद्धताको कुरा त परै राखौँ । मास्टर डिग्रीको प्रमाणपत्र लिएकामध्ये पाँच प्रतिशतले पनि शुद्धसँग लेख्न सक्दैनन् ।

शिक्षित भनिनेहरुको यस्तो दयनीय स्थिति पटकपटक अनुभव गरेपछि पङ्तिकारले कलेजहरुमा नेपाली विषय पढाउने केही सह–प्राध्यापक, उप–प्राध्यापकहरुसँग उनीहरुको साहित्यिक ज्ञानको धरातल जाँच्ने कोसिस ग’यो । इलामको महेन्द्ररत्न, झापा भद्रपुरको मेची बहुमुखी, मोरङ विराटचोकको सुकुना बहुमुखी, सुनसरी इटहरीको जनता बहुमुखी, काठमाडौंका रत्नराज्य, पद्मकन्या, त्रिचन्द्र, पोखराको पृथ्वीनारायणदेखि नेपालगञ्ज, दैलेखसम्मका क्याम्पसहरुमा पढाउने आफन्त, चिनारु, साथीभाइ तथा आकस्मिक रुपमा भेटिएकाहरुसँग कुरा गर्दा अधिकांश नेपाली साहित्यका पछिल्ला प्रवृत्ति र प्रयोगका बारेमा अनभिज्ञ पाइयो । घरमा जाने मौका मिलेकाहरुका थाहै नदिइ छड्के गर्दा अधिकांश प्रोफेसरहरुका निजी पुस्तकालयमा साहित्यिक कृतिहरुभन्दा बढी गाइडबुकहरु भेटिए ।

स्थिति यतिसम्म दुःखद रहेक कि कलेजमा पढाउने उनीहरु स्वयम्ले पाठयक्रममा परेका मूल कृति पढेका हुँदा रहेनछन् । पाँच प्रतिशत बाहेक अधिकांशले बजारमा निस्केका गाइड बुक र सोलुसनबाट मूल–मूल बुँदा आफ्नो डायरीमा सार्ने र कक्षामा गएर पठाउने गर्दा रहेछन् । अनि कहाँबाट उत्पादन हुन्छ नेपाली भाषा साहित्यमा दक्ष जनशक्ति ?

नेपाली भाषा पठनपाठनको यो हविगतले हाम्रो समाज कतातिर उन्मूख भइरहेछ भन्ने समेत प्रष्ट हुन्छ ।

भर्खर

0